कहिले बन्ला पुल
यो दृष्य जाजरकोट सदरमुकाम खलङ्गा र रुकुमको चौरजहारी जाने मुख्य मार्ग अन्तरगत सल्लीबजार नजिकै रहेको भेरी नदिको हो । दिनहु जसो एक दर्जन जति सवारी साधनहरु आवत जावत गर्ने सो मार्गमा रहेको भेरी नदिमा पुल छैन फेरिको माध्यमबाट बस, मालबाहक ट्रक लगायतका सवारीका साधनहरु नदिको एक छेउबाट अर्को छेउ तिर सार्ने गरिदै आएको छ । बिहान आठ बजे पछि मात्र खुल्ने अनी साझँ पाँच बजे बन्द हुने फेरि बाहेक अन्य समय आवतजावत गर्न नसकीने सो मार्गमा आफ्नो समय भन्दा पनि फेरि संचालनका लागि खटिएका कर्मचारीहरुको मुख ताक्नु पर्ने हुन्छ जसका कारण अत्यावश्यक काम गर्न समस्या सिर्जना भएको छ । जिल्ला सदरमुकाम जोड्ने सो सडकखण्डको भेरी नदिमा पुल कहिले बन्ला र चौबी सै घण्टा आवतजावत गर्न सकिएला भन्ने सो मार्गमा आवतजावत गर्ने मानिसहरुको चाहना कहिले पुरा होला ?
हेमराज भट्ट÷नेपालगन्ज