|

दलालको प्रलोभनमा पपुवा न्युगिनी पुगेका ९ नेपाली पक्राउ

काठमाडौं, चैत ५ - मासिक दुई लाख रुपैयाँ कमाइ हुने दलालको प्रलोभनमा प्रशान्त महासागरमा अवस्थित टापु राष्ट्र पपुवा न्युगिनी पुगेका ९ जना नेपालीलाई त्यहाँको अध्यागमन कार्यालयले पक्रेको छ। दलाललाई जनही ८/८ लाख बुझाई त्यहाँ पुगेका उनीहरुमाथि पपुवा न्युगिनी अध्यागमन कार्यालयले नक्कली भिसा प्रयोग गरेको आरोप लगाएको छ। उनीहरु सबैलाई पपुवा न्युगिनीको बुकास्थित अध्यागमन कार्यालयले थुनामा राखेको छ।

नक्कली भिसा प्रयोग गरेको आरोपमा पक्राउ पर्ने ९ मध्ये ७ जना बाग्लुङ जिल्लाका छन् भने एकएक जना चितवन र पर्वतका। पक्राउ पर्ने प्रकाश सापकोटा, डिबबहादुर केसी, माधव शर्मा, अर्जुन कणेल, भुपेन्द्र पुन, दिलबहादुर थापा, राजु शर्मा बाग्लुङका हुन् भने रामलाल महतो चितवन र दलबहादुर नेपाली पर्वतका हुन्।नेपालको दलाललाई पहिलो किस्तास्वरुप चार लाख रुपैयाँ बुझाएपछि नौ जना नै गत फागुन ११ गते काठमाडौंबाट भारतको दिल्लीतर्फ गएका थिए। भिसालगायत केही काम बाँकी रहेको भन्दै दलालले उनीहरुलाई केही दिन दिल्लीमै राखेका थिए।सम्पूर्ण चाजोपाँजो मिलाएपछि बाँकी चार लाख रुपैयाँ लिई दलालले सबैलाई गत बुधबार नयाँदिल्लीबाट सिंगापुर हुँदै पपुवा न्युगिनी पठाएका थिए। उनीहरु सबै गत शुक्रबार पपुवा न्युगिनीको बुकास्थित विमानस्थल पुगेका थिए। स्रोत :नागरिक न्युज

Posted by Butwalonline on 8:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दलालको प्रलोभनमा पपुवा न्युगिनी पुगेका ९ नेपाली पक्राउ "

Leave a reply