|

रुपन्देहीमा जातीभेद दीवस मनाइने

बिनोद परियार,बुटवल,५ चैत । ४८ औं अन्तराष्ट्रिय जाती तथा रंगभेद उन्मुलन दीवस यस बर्ष रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको छ । विभिन्न राजनितिक पार्टी र दलित सम्बद्ध संघसंस्थाहरुले अन्तरक्रिया,र्‍याली र सभा गरि मनाउने तयारी गरिएको हो । प्रत्येक बर्ष २१ मार्च दिन अन्तराष्ट्रिय जाती तथा रंगभेद उन्मुलन दीवस मनाउने गरिन्छ । चैत ८ गते बुटवलमा जातीय विभेद र उन्मुलनमा चुनौती बिषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीको आयोजना,बुटवल नगर समिति,दलित महिला संघ,जागरण मिडिया सेन्टर,महिला परैवी मञ्च,दलित पत्रकार संघ र सुनचादी ब्यवसायि संघ बुटवलको सहआयोजनामा कार्यक्रम हुन लागेको हो । अन्तरक्रियामा दलित अगुवाहरुको उपस्थिती रहने बताईएको छ ।

यसैगरि   नेकपा एमाले रुपन्देहीको आयोजनामा उत्पीडित जातिय मुक्ति समाजले चैत ८ गते बुटवलमा जनसभा गर्ने भएको छ । जातिय विभेदका विरुद्ध बाजागाजा,झाकी प्रदर्शन सहित जनसभाको गर्ने मुक्ति समाज रुपन्देहीका अध्यक्ष नन्द बहादुर खड्काथोकीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा एमालेका सचिव विष्णु पौडेल,पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्मा दलित नेता र बुद्धिजिविहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै सो अवसरमा दलित अधिकार दशक घोषणा गर्न प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने समेत बताईएको छ । विश्वमा अधिकार प्राप्त गरेको उपलक्ष्यमा मार्च २१ लाई मनाएपनि नेपालमा भने अधिकार माग्दै मनाउनुपरेको दलित अगुवाहरुको भनाई छ ।

Posted by Butwalonline on 5:36 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देहीमा जातीभेद दीवस मनाइने"

Leave a reply