|

बुटवलमा क्षेत्रीय खेलकुद पशिक्षण सम्पन्न


बुटवल, फागुन ८ । नेपालमा खेल विशेषज्ञहरुको अभाव भइरहेको वेला राष्ट्रिय खेलकुद परिषद्ले नेपालमै पहिलो पटक विभिन्न जिल्लाका खेलकुद समितिका प्रशासनिक र प्राविधिक कर्मचारीहरुलाई खेल प्रशिक्षण दिन सुरु गरेको छ ।

बुटवलमा मगलबार पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका खेलकुद विकास समितिका कर्मचारीहरुलाई खेल बिज्ञान सम्बन्धी प्रशिक्षण दिइएको छ । खेल बिज्ञान सम्बन्धी जानकारी गराउने उद्देश्यले तिन दिन सम्म सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा  प्रशासनिक कर्मचारीहरुलाई खेल व्यवस्थापन र प्राविधिक कर्मचारीहरुलाई खेल विज्ञान सम्बन्धी प्रशिक्षण दिइएको थियो ।बुटवलको कालिका उच्च माविमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेपाल एथ्लेटिक्स एसोसियसनका केन्द्रीय अध्यक्ष निलेन्द्र राज श्रेष्ठले व्यवस्थापन सम्बन्धी र खेल विज्ञ दिवाकर लाल अमात्यले खेल प्राविधिक सम्बन्धी प्रशिक्षण दिएका थिए ।कार्यक्रममा पश्चिमाञ्जल क्षेत्रका १६ जिल्लाका ७४ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Posted by Butwalonline on 4:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा क्षेत्रीय खेलकुद पशिक्षण सम्पन्न"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु