अनेम संघ क्रान्तिकारी बुटवलको दोश्रो महिला भेला सम्पन्न
बुटवल,फागुन ८- अखिल नेपाल महिला संघ क्रान्तिकारी बुटवल नगर पालिका १० को दोश्रो महिला भेला सम्पन्न भएको छ । भेला कविता पौडेलको अध्यक्षता र रुपन्देही सेक्रेटरी वन्धुचन्द को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
भेलामा वोल्दै प्रमुख अतिथिले महिलाहरु आफ्नो अधिकार प्रप्तिका लागि आफै नै संगठित हुनुपर्नेमा जोड दिनुभएको थियो । चन्दले राष्ट्रिय स्वाधिनता रक्षा र महिला हिंसाको विरुद्धमा सम्पूर्णले आवाज उठाउनुपर्ने वताउनु भयो । कार्यक्रममा अनेम संघ क्रान्तिकारी अवध संयोजक लक्ष्मी कोइरला ”भावना” घनश्याम पाठक, अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष कल्पना रानाभाट लगायतले वोल्नु भएको थियो । भेलाले अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । भेला ज्ञानु के.सि.को संचालनमा सम्पन्न भएको हो ।