|

नेकपा–माओवादी बन्दले कपिलवस्तुको जनजीवन प्रभावित

कपिलवस्तु , ८ फागुन-प्रधानन्यायधीश खिलराज रेग्मीको नेतृत्वमा संविधानसभाको चुनावी सरकार बनाउने दलहरुको निर्णयको विरोधमा नेकपा–माओवादीले आह्वाहन गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पनि परयो । जनयुद्धका मुद्धा उचालेर आफ्ना कार्यकर्तालाई फसाएको तथा प्रधानन्यायधीशको नेतृत्वमा गठन हुन लागेको सरकारको विरुद्ध बन्द आह्वाहन गरिएको बन्दले जिल्लाको जनजिवन मंगलबार प्रभावित बनेको थियो ।

बन्दका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर चल्ने सवारीसाधनहरु पूर्ण रुपमा ठप्प बनेका थिए भने जिल्ला सदरमुकाम तथा लुम्बिीनी क्षेत्रका सहायक मार्गहरुमा समेत साधनहरु चलेका थिएनन । जिल्लाका उद्योगक कलकारखाना, मुख्य बजारहरु पूर्ण रुपमा बन्द छन् । निजी तथा सरकारी विद्यालयहरु समेत बन्द भएको थियो । बन्दका कारण सरकारी कार्यालय बैंक तथा वित्तिय संस्थाहरुमा समेत सेवाग्राहीको उपस्थिति न्यून रह्यो । माओवादी कार्यकर्ताहरु सदरमुकाम तथा मुख्य बजारहरु विहानै बाट बन्द गराउदै हिडेका छन् । उनीहरुले सोमबार राती जिल्लाका मुख्य ५ वटा स्थानमा राके जुलुस सहित प्रर्दशन गरेका थिए । माओवादी जिल्ला सेक्रेटरी अनुप बरालले ठूला दलहरुले देश आफ्नो मात्र भएको दम्भ देखाएर एकलौटी निर्णय गरेको र देशलाई सिक्कीमिकरण तर्फ लैजाने ठूलो षडयन्त्र अन्र्तगत प्रधानन्याधिशलाई चुनावी प्रधानमन्त्री बनाउन लागिएको विरुद्ध देशव्यापी बन्द गरिएको बताउनुभयो । बन्दका क्रममा कुनै अप्रिय घटना भने नघटेको प्रहरी उपरिक्षक राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 4:29 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेकपा–माओवादी बन्दले कपिलवस्तुको जनजीवन प्रभावित"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु