माओवादीको नेपाल बन्दले नवलपरासीको जनजीवन प्रभावित
नवलपरासी,फागुन ८-नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण नवलपरासी लगायत देशका अन्य क्षेत्रहरु प्रभावित भए । देश संचालनको कार्यकारी अधिकार प्रधान न्यायाधिशलाई दिने भनी भएको दलहरुको निर्णयको विरोध जनाउदै नेपाल बन्द गरिएको जनाईएको छ ।
देशमा बढदै गएको राजनीतिक अन्यौलतालाई साम्य पार्नका लागि डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारलाई परिवर्तन गर्ने र प्रधान न्यायाधिशको नेतृत्वमा ११ सदस्यीय चुनावी सरकार गठन गर्ने भनी फरवरी १८ तारेख अर्थात फागुन ७ गतेका दिन भएको सहमतिको विरोधमा नेपाल बन्द गरिएको हो । साथै दैलेखमा तत्कालिन माओवादीद्धारा मारिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यारालाई पक्राउ गरी प्रहरीले चलाएको कार्वाहीको तरीका गलत भएको भन्दै आजकै बन्दमा सो कार्वाही प्रक्रियाको समेत विरोध गरिएको जनाईएको छ । सत्य निरुपण्ँ आयोग गठन गरेर जनयुद्धका मुद्धाहरुको टुंगो लगाउन पनि माग गरेको छ ।
बिहान ६ बजेबाट शुरु गरिएको बन्द सांझ ५ बजेसम्म जारी रहने नेकपा माओवादीले जनाएको छ । सो पाटिर्ले गरेको बन्दका कारण्ँ यस Ôेत्रमा सवारी साधनहरु चलेका छैनन । बन्दका कारण्ँ लामो तथा छोटो दुरिका सवारी साधन चलेका छैनन भने सडकमा फाटफुट नीजि सवारीसाधन मात्रै चलेका छन । शिÔण्ँ संथा, बजार कलकारखाना लगायत बन्दले प्रभावित भएका छन ।
बन्दमा दुध बोक्ने गाडी, एम्बुलेन्स, दमकल, प्रेस लगायतका अत्यावश्यक सेवाका सवारी साधनलाई भने चल्न दिने अथवा अवरोध नपुर्याईने जानकारी दिएपनि राजधानीमा प्रेस तथा पर्यटकका गाडीमा तोडफोड भएको समाचार छ । बन्दको पुर्ब सन्ध्यामा हिजो साझ नेकपा माओवादीका कार्यकर्ताले जिल्लामा मसाल जुलुस समेत प्रदर्शन गरेका थिए ।