|

ज्यानमारा साढेलाई गोरुसिंगे जंगल पुर्याईयो

किरणमान बज्राचार्य,कपिलवस्तु, ८ फागनु - चितवनको धुब्रे हात्ती जस्तै आतंक मच्चाउदै हिडने ज्यानमारा साढेंलाई कपिलवस्तुको धरमपनिया गाबिसका स्थानीय चार सय जनाको प्रयासमा नियन्त्रणमा लिई मंगलवार दिउसो गोरुसिंगे जंगलमा पुर्याईएको छ । बिगत दुई बर्ष देखि सो गाबिसका मानिसहरुलाई हिर्काएर दुख दिदै आएको साढेलाई उनीहरुले चार घण्टाको कसरत पछि सोमवार पक्राउ गरी ट्याक्टरबाट त्यहा पुर्याएका हुन । साढेलाई पक्राउ गर्न हार गुराहर गरे पछि डुमरा सशस्त्र प्रहरी र ईलाका प्रहरी कार्यालयका प्रहरीले समेत सहयोग गरेका थिए ।  साढेलाई नियन्त्रणमा लिन त्यस क्षेत्रका बासिन्दाले विगत एक साता देखि जाल फाल्दै तथा घेरा हाल्दै आएका थिए । स्थानियबासीले साढे मार्न भाला समेत हानेको तर साढेलाई कुनै प्रभाव नपरेको स्थानियले बताए ।

साढेले एक साता अघि आफनो खेतमा जोताई गरीरहेको अवस्थामा स्थानीय गुरुचरन गोसाईलाई हिर्काएर मारेको थियो । सो लगत्तै साढेलाई पक्रनका लागि गाउमा भेला बसी योजना बनाएको स्थानीय भोला प्रसाद मिश्राले बताउनु भयो । साढेले मान्छे देख्ने बित्तिकै टाढैबाट हर्काउनका लागि दुर्गने गरेको स्थानीयबासीले बताए । साढेले बाटोमा हिडने बटुवा, महिला, बालबालिकालाई हिर्काउने गरेको, छाप्रो कयौ घर भत्काएको उहाले बताउनु भयो । साढेका आक्रमणबाट आधा दर्जन बढी गाउलेहरु गंभीर घाईते बनेको अर्का स्थानीयबासी पारस लोहारले बताउनु भयो ।

Posted by Butwalonline on 4:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ज्यानमारा साढेलाई गोरुसिंगे जंगल पुर्याईयो"

Leave a reply