|

सद्भावको महायज्ञमा ३ करोड बढी संकलन


कपिलवस्तु, ८ फागुन-राष्ट्रियता, जातीय सद्भाव तथा राष्ट्रियता प्रति खवरदारी गर्ने उदेश्यले विगत एक साता देखि कपिलवस्तुको गोरुसिंगेमा जारी धनधान्यान्चल ज्ञान महायज्ञमा ३ करोड बढि रकम संकलन भएको छ । राष्ट्रियता र जातीय सद्भाव कायम राख्दै आम नेपाली नागरिकलाई अपिल गर्ने उदेश्यले क्षेत्री समाज नेपाल कपिलवस्तुको आयोजनामा गोरुसिंगेमा विगत एकसातादेखी धनधान्यान्चल ज्ञान महायज्ञ आयोजना भएको थियो ।

महायज्ञले राष्ट्रिय अखण्डता र जातिय सद्भावको बारेमा देखा परेका भ्रामक प्रचारलाई निश्चेत पार्न सकारात्मक सन्देश दिनुका साथै धार्मिक सद्भाव र राष्ट्रियता प्रति सचेतना जगाउन महत्वपुर्ण भुमिका मिल्ने आयोजकको दावी छ । साथै महायज्ञबाट संकलित उक्त रकमले गोरुसिंगेमा बहुउदेश्यीय सामुदायिक सभा हल निर्माण गर्ने समाजका अध्यक्ष दुर्गा केसीले जानकारी दिनुभयो ।

गत माघ २९ देखि सञ्चालित महायज्ञमा जिल्ला तथा छिमेकी जिल्लाका १ लाख बढि धर्मावलम्बीहरुले दान, पुजा तथा कथा श्रवण गरेको आयोजकले दाबी गरेका छन् । महायज्ञको कथाबाचन भागवत भाष्कर श्री कमलनयन गौतमज्यूले गर्नुभएको थियो । महायज्ञमा दैनिकजसो कथा प्रवचन, धान्यान्चल ज्ञान पुराण, तुला दान, भूमिदान, श्रीमदभागवत पाठ, पुराण, ब्रतबन्ध, ग्रहशान्ति, रुद्री, लक्ष्यबत्ती, विवाह, भण्डारा लगायतका कार्य भएका थिए ।

Posted by Butwalonline on 3:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सद्भावको महायज्ञमा ३ करोड बढी संकलन"

Leave a reply

ताजा अपडेट