|

नवलपरासीमा सुकुम्बासीहरुद्धारा आन्दोलनको घोषणा

नवलपरासी,फागुन ८-सुकुम्बासी समस्या समाधान आयोगले भुमीहीन सुकुम्बासीको पक्षमा प्रभाबकारी काम गर्न नसकेको भन्दै राष्ट्रिय भुमि अधिकार मञ्च मार्फत सुकुम्बासीहरुले आन्दोलन गर्ने घोषणा गरेका छन ् । आन्दोलनको कार्यक्रम समान्य देखी सशक्त आन्दोलनका कार्यक्रम गरिने मञ्चले जनाएको  छ ।

नवलपरासी  जिल्ला भरिका २९ हजार १ सय ९७ जनाले सुकुम्बसी समस्या सामाधान आयोगमा फारम बुझाएका छन् । ती फारम उपर कुनै काम अगाडी बढाएको छैन । ३ पटक म्याद थप भइसक्यो तर आयोगले ठोस काम गर्न नसकेको जनाउदै आन्दोलनको घोषणा  गरेको मञ्चले जनाएको  छ  । सुकुम्बासी समस्या समाधान आयोगले कार्य निर्देशिका २०६८ तयार गरी मुलुकमा रहेका वास्तविक सुकुम्बासी पहिचान गरी तिनीहरुको समस्या सामाधान गर्ने, परिचय पत्र वितरण गराइ जग्गा उपलब्ध गराउने भनी २५ जिल्लामा जिल्ला समिती बनाएर काम गर्दै आएको  छ ।

मञ्च नवलपरासीले यस जिल्लामा रहेका भुमि उपयोग तथा अधिकार सम्बन्धि देखिएका समस्या र त्यसबाट सिर्जित मानव अधिकार हननका सवाललाई लिएर भुमि अधिकारको आन्दोलन शान्तिपूर्ण रुपमा उठाउदै आएको छ ।

वास्तविक सुकुम्बासीको पहिचान गरि लगत तयार गरियोस, पहिचान भएका सुकुम्बासीलाई परिचय पत्र दिइयोस र परिचय पत्रकोे आधारमा जग्गा उपलब्ध गराइयोस भन्ने नवलपरासीका सुकुम्बासीको माग छ  ।
साढेले गर्दा बिद्यालयमा अध्ययनरत स– साना बालबालिका बाटो हिडन समेत डराउने गरेको स्थानीयबासीको भनाई छ । साढे धरमपनिया, रजवापुर, डुमरा लगायतका मानिसहरुका लागि खतरा बनेको थियो, त्यसैले चार सय जनाले खेदेर उसलाई नियन्त्रणमा लिएका हौ स्थानीय चुर्जभुजमणि त्रिपाठीले बताउनु भयो ।

पक्राउ गरेको साढेलाई ट्याक्टरमा बाधेर स्थानीयबासीले प्रशासन कार्यालय ल्याएका थिए । प्रशासन काार्यलय अगाडी साढेलाई हेर्नका लागि मानिसहरुको भीड लागेको थियो । साढेलाई के गर्ने भन्ने बिषयमा त्यहा छलफल समेत भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवर र वन कार्यालयका प्रमुख बिच भएको टेलिफोन बार्ता पछि साढेलाई जंलगमा लगेर छाडने निर्णय गरिए अनुसार स्थानीयसबासीले गोरुसिंगे राष्ट्रिय जंगलमा लगेर छाडेका थिए । उता सस्थानीयले मान्छेका लागि खतरा बनेको साढेलाई मार्नु पर्ने माग गरेको थिए ।

Posted by Butwalonline on 3:38 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीमा सुकुम्बासीहरुद्धारा आन्दोलनको घोषणा"

Leave a reply