|

युएईमा यातायात मजदुर मंच पुन्रर्गठन

निमकान्त पाण्डे,युएई ।सुक्रबार ८ फ्रवरी नेपाली यातायात मजदुर ' सबारी चालक ' हरुले आफ्नो यातायात मजदुर संगठन बिस्तार गरेका छन । युएई मा यातायात पेसामा कार्यरत रहेका मजदुरहरुले संबेदन सिल पेसा भएको हुदा आफ्नो संगठन बिस्तार गरेका हुन।

पूर्व अध्यक्ष सम्भुकुमार वाइवाको अध्यक्षतामा बसेको मजदुर मञ्चको बिशेष भेलाले मंचको भब्य रूपमा विस्तार गर्दै बिगतका काम कारबाही संगठनका गतिबिधि यातायात मजदुरहरुको बारेमा जानकारी गराउदै यातायात पेसा आफैमा संबेदन सिल साथै जॊखिम पूर्ण भएकोले चालकहरु मिलेर आफुहरु बीच सहयोग आदान प्रदान गर्दै जाने बाताउदै युएईमा समस्या दिनहु बढ्दै जाने क्रम भएकोले यसको समाधान गर्ने र दुर्घटना पर्दा आर्थिक सहयोग देखि रक्तदान जीवन दान गर्न समेत पछाडी पर्न नहुने धारण वाईबाले राख्ननु  भएको थियो।

पेसागत मान्यता राखेको यस मंचले सबैलाई समाबेस गराउदै जानु पर्नेमा सबै एकमत भएको उक्त कार्यक्रममा डिउटी का कारण उपस्थित हुन् नसक्ने एउटै पेसामा आबद्द सबैलाई समाबेस गर्दै जानु पर्नेमा कृष्ण आचार्य,केशब ज्ञावाली,नेत्र अर्याल,रतन सारु,महादेव बिक,होम बिक,प्रेम बगल्दार्ले आ-आफ्नो  धारणा राखेका राख्नु भएको थियो। राजनैतिक बिचार आफ्नो ठाउमा छ हामीले समाउने ठाउ भनेको यातायात मजदुर संगठन र यहाबाट नेपाल जाने साथीहरुलाई पेसागत हिसाबले स्थापित गर्दै जादा सजिलो पर्ने धारणा बाबुराम बिकले राख्ननु भएको थियो। श्रमजिबी मजदुरहरुका पक्षमा मजदुर पत्रकार नाराका साथ मजदुर अनलाईन डटकम प्रमुख सम्पादक निमकान्त पाण्डे लाई सुचना र संचारलाई अगाडी सबैका माझ ल्याउनका लागी यथाबत बिगतको जिम्मेवारी दिईएको छ। बरिष्ठ सल्लाहकारमा शम्भु कुमार वाईबा सहित कुल बहादुर आचार्य र बाबुराम बिक सल्लाहाकार हुनुहुन्छ। सुर्यमणि ज्ञवाली को अध्यक्षतामा,रामकुमार रिजाल,बल बहादुर बिक उपाध्यक्ष,सचिब-होम बिक,कोषाध्यक्ष-महादेव बिक,सह-कोषाध्यक्ष प्रेम बहादुर बगल्दार र प्रबक्ता नेत्र अर्याल रहनु भएको छ भने केन्द्रिय सदस्यहरुमा केशब राज ज्ञावाली,कृष्ण आचार्य,ऋतु राई,रतन सारु,सुन्दर पाण्डे,बिक्रम लामा,बालकृष्ण गुरुङ,ईसक अली,मिलन गुरुङ,बाबुराम आचार्य र तिन जना पछि थप्ने गरी २१ सदस्यीय केन्द्रिय समिति गठन भएको छ। नव नियुक्त अध्यक्षले युएईमा यातायात पेसामा कार्यरत नेपालीहरुलाई यस संगठनमा आबद्द भई सहयोग आदान प्रदान गर्न सबैलाई अनुरोध गर्नु भएको छ भने मजदुरहरुको सहयोगको निम्मती आफुले सक्दो कोसिस गर्ने प्रतिबद्दता जाहेर गर्नु भएको थियो।

Posted by Butwalonline on 2:31 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएईमा यातायात मजदुर मंच पुन्रर्गठन"

Leave a reply