नेपाली जनप्रगतिशील मंच कुवेतको नव निर्बाचित कार्य समिति बैठक सम्पन्न
भाईराम चौलागाई,कुवैत सिटी हिजो शुक्रबार , ८ फेब्रुबरी २०१३ मा नेपाली जनप्रगतिशील मंच कुवेतको अधिवेसन पश्चात पहिलो नया निर्बाचित कार्यसमितिको बैठक जिलिबमा नव निर्बाचित अध्यक्ष ठाकुर प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भयो । राष्टिय गान गाएर सुरु गरिएको बैठक महान शहिदहरु प्रति सम्मान गर्दै १ मिनेट मौनधारण गरिएको थियो। निबर्तमान अध्यक्ष कुमार झापालीको उपस्थितिमा नव निर्बाचित कार्यसमितिका सदस्यहरुले आफ्नो पदीय जिम्मेवारी निष्ठापुर्बक र जस्तोसुकै कठिन परिस्थितिमा पनि बिचलित नभई मंचको बिधान सम्मत दायरामा रहि अनुशासन पूर्बक तोकिएको जिम्मेवारी पुरा गर्नेछु भन्दै सपथ खाएका थिए निबर्तमान अध्यक्ष झापालीले आफ्नो पहिलो कार्यकाललाई समिक्षा गर्दै आफुले सक्दो यस मंचको लागि काम गरेको र आगामी दिनहरुमा पनि मंचको हरेक क्रियाकलापमा सरिक भई योगदान गर्ने अठोट ब्यक्त गर्दै नब निर्बाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिनुभयो ।नब निर्बाचित अध्यक्ष ठाकुर प्रसाद पौडेलले आफ्नो कार्यभार समाल्दै मंचलाई अझ बढि शसक्त रुपमा क्रियासिल बनाउनको लागि संगठन बिस्तार गर्दै प्रबासीहरुको पिडा र समस्याहरु प्रति गम्भीर भएर सहयोगीका रुपमा अगाडी बढ्नु पर्ने बताउनु भयो । यसकार्यका लागि सबै जनाले आफ्नो भुमिका राम्रो संग निभाउनु पर्ने र सक्रिय रुपमा लाग्नु पर्ने भन्दै सबै क्षेत्रबाट सुझाब, सहयोगको आबश्यकता रहेको बताउनु भयो । बैठकमा उपस्थित सदस्यहरुले आफ्ना आफ्ना धारणा राख्नुभएको थियो भने कार्य समिति सदस्य सचिब श्याम पराजुलीले मंचलाई सहि दिशामा अगाडि बढाउनको लागि केहि बुदागत रुपमा सुझाब पनि दिनुभएको थियो । त्यस्तै गरि दोस्रो अधिबेशनको काम कारवाही प्रति कमल राईले समिक्षा गर्दै अधिवेशन सम्पन्न गर्दा भएका कमी कमजोरी औल्याउनु का साथै सबै सदस्यहरुलाई अनुशासनमा रहि काम गर्नुपर्ने बताउनु भएको थियो। मंचले हालको १५ सदस्यीय कार्यसमितिलाई बिस्तार गर्दै आगामी बैठकबाट २१ सदस्यीय कार्यसमिति बनाउने र मंचको संगठन बिस्तार र कार्य सहजताको निमित्त बिभिन्न बिभागहरु पनि गठन गर्ने निर्णय पनि सर्बसहमतिले पारित गरेको थियो । साथै अधिवेशन सम्पन्न गर्नको लागि बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउने शुभेक्छुक र सहयोगीहरुलाई आगामी बैठकमा उपस्थित गराई धन्यबाद प्रकट गर्ने कार्यक्रम पनि बनाएको बुझिएको छ ।
