|

अक्षय कोषका लागि एक लाख रुपैया प्रदान

कपिलवस्तु,  फागुन १४-नेपाल बाल संगठन कपिलवस्तु शाखाका संस्थापक अध्यक्ष स्वर्गीय शेर बहादुर श्रेष्ठको स्मृतिमा अक्षय कोष स्थापनका लागि उहााका परिवारले शाखालाई एक लाख रुपैया प्रदान गरेका छन् । श्रेष्ठ की श्रीमति ८७ बर्षीया स्नेह लताले शाखा सभापति राजु प्रसाद अर्याललाई सोमवार कपिलवस्तु नगरपालिका – ४ मालटोल स्थित आफनै निवासमा एक कार्यक्रमका बिच सो रकम प्रदान गुर्न भएको हो ।

बाल मन्दिरमा रहेका अनाथ बालकहरुको शिक्षादीक्षामा सहयोग गर्नका लागि सो रकम उपलबध गराईएको स्नेहलताले बताउनु भयो । सो रकमलाई स्वर्गीय शेर बहादुर श्रेष्ठ बाल स्मिृति अक्षय कोषको रुपमा खडा गरी त्यसबाट आउने ब्याजले अनाथ बालकहरुको पढाई, खेलकुद लगायतका गतिबिधिहरुमा लगानी गरिने सभापत अर्यालले बताउनु भयो ।

२०२६ सालमा बाल मन्दिरको निर्माण भए देखि २० बर्ष सम्म समाजसेवी समेत रहेका स्वर्गीय श्रेष्ठ बाल संगठनको जिल्ला अध्यक्ष हुनु  हुन्थ्यो । पेशाले कानुन ब्यवसायी भए पनि उहा साहित्यकारकारुपमा समेत रहुन भएको थियो । ५० बर्ष अघि आफनो निवासमा दिपेन्द्र बाल क्लव समेत खोल्नुु भएका श्रेष्ठ बालबालिकाहरुलाई निकै स्नेह गर्नु हुन्थ्यो बिगत संझदै बाल
संगठनका कर्मचारी सुरेशले भन्नु भयो । समारोहमा श्रेष्ठका भाई धमर बहादुर लगायत बाल संगठनका पदाधिकारीहरको सहभागीता रहेको थियो ।

Posted by Butwalonline on 6:34 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अक्षय कोषका लागि एक लाख रुपैया प्रदान"

Leave a reply