|

भलवारी जेसिजमा पद हस्तान्त्रण

माघ, ३ बुटवल । भलवारी जिसिजमा हालै सम्पन्न अधिवेसनबाट आएको नयाँ कार्यसमितीलाई मंगलबार एक कार्यक्रमका बिच पद हस्तान्त्रण गरिएको छ ।

सन २०१२ का अध्यक्ष सुर्य पाठकले २०१३ कालागि नव निर्वाचित अध्यक्ष शिब गैरेको कार्यसमितीलाई पद हस्तान्त्रण गर्नु भएको हो । पद ग्रहण गरे लगत्तै अध्यक्ष गैरेले बिगतका कार्यक्रमलाई निरन्तरता दिँदै सन २०१३ लाई सफल वर्षको रुपमा ल्याउन स्थानीय तथा राष्ट्रिय स्तरका नयाँ सामाजिक काम गर्दै अगाडी बढ्ने तथा लगानीको सम्भावनाहरु खोजिने बताउनु भयो ।

सन २०१३ का लागि कार्यसमितीको कार्यकारिणी उपाध्यक्षमा भरत खरेल, मोहन चौधरी, प्रकाश गैरे, उपाध्यक्षमा पदम भण्डारी, अजय राना, दिपक अधिकारी, दिपेश शाही, महासचिवमा भेसराज पाण्डे, कानुनी सल्लाहकारमा रमेश पराजुली निर्वाचित भएका थिए ।

पद हस्तान्त्रण समारोहमा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलालले जेसिजले नयाँ र राम्रा कुरा मात्र सिकाउने भएकाले जेसिज मार्गदर्शमा हिंडेका युवाहरुलाई व्यबसायी बनाउने योगदान पुग्ने बताउनु भयो । उहाँले देशमा भएको भ्रष्टाचारका कारण मुलुकको उन्नती हुन नसकेकाले अवका दिनमा युवाहरुबाट राज्यको नेतृत्व खोजिनु पर्ने धारणा राख्दै नेतृत्वदायी भूमिकाकालागि युवाहरुलाई तयारी हुन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बाबुराम राना, नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष सुवासचन्द्र भट्टराई, नेपाल रेडक्रश सोसायीटिका केन्द्रीय उपमहामन्त्री सुदर्शनप्रसाद नेपाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वर्षभरीमा भएका गतिबिधिमा उल्लेख्य सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Posted by Butwalonline on 6:01 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भलवारी जेसिजमा पद हस्तान्त्रण"

Leave a reply