|

बर्ड परियोजनाद्धारा बुटवलमा सञ्चारकर्मीहरुसंग छलफल

बुटवल,३ माघ । रुपन्देहीमा संञ्चालनमा आएको बर्ड परियोजनाले बुधबार बुटवलमा सञ्चारकर्मीहरुसंग छलफल कार्यक्रम गरेको छ । संस्थाको कामलाई प्रभावकारी बनाउन र परियोजनाको उदेश्यबारे जानकारी गराउन बर्डले छलफल कार्यक्रम गरेको हो । रुपन्देही नवलपरासी र पाल्पा जिल्लामा लागु पदार्थ दुब्र्यसन,जीवीकोपार्जन र घरमा आधारित श्रमिकका क्षेत्रमा सो संस्थाले काम गर्ने जनाएको छ ।

बर्डले सेवा महिला समुदाय (सिम्स) नामक संस्थासंग मिलेर परियोजना शुरु गर्न लागेको हो । बर्ड परियोजना का कार्यकारी निर्देशक रितेश केसिले युवाहरुलाई आत्मनिर्भर बनाउन र स्वेदशमै केहि गर्नुपर्छ भन्ने भावनाको विकास गराउन परियोजनाले काम गर्ने बताए । साथै उनले युवाहरुलाई २५ देखि ३५ हजारसम्म जीवीको पार्जनका लागि सहयोग गर्ने बताए ।  पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले गैरसरकारी संस्थाको काम प्रभावकारी नभएको पाइएकाले लक्षित समुदायमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिम्सका सदस्य मोहन नेपाली,सञ्चारीका समुह लुम्बिनीका संयोजक अमृता अनमोल,सक्रिय महिला पत्रकार रुपन्देही अध्यक्ष भगवती पाण्डे लगायतले बोल्दै सबैसंग सहकार्य गरि अगाडि बढ्न सुझाव दिएका थिए । कार्यक्रम  सिम्सका अध्यक्ष रेनुका देउलाको अध्यक्षता,बर्ड परियोजना क्षेत्रिय कार्यालय बुटवलका कार्यक्रम संयोजक रिमा विसिको संचालन तथा भुमही शाखाका प्रमुख धुव्र खरेलको स्वागतमा सम्पन्न भएको हो ।

Posted by Butwalonline on 5:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बर्ड परियोजनाद्धारा बुटवलमा सञ्चारकर्मीहरुसंग छलफल "

Leave a reply