|

सत्यता धर्मको अर्को रुप हो : महानिरीक्षक राना

मुक्तिप्रसाद न्यौपाने,माघ ३, पाल्पा-मानवजातिमा रहेका कुविचारहरुको अन्त्य गरी असल मार्ग निर्देशन गर्नकोलागि धर्म आवश्यक रहेको भएकोले नै सत्यताको अर्को रुप धर्म भएको नेपाल प्रहरीका महानिरीक्षक कुवेर सिंह रानाले बताए ।
   
श्रीमद्देवीभागवत महायज्ञ दर्लमडााडा पाल्पाको उद्घाटन गर्दै महानिरीक्षक रानाले परिवारको मोहबाट समेत टाढा रहेर ने.पाल प्रहरी आफ्नो कर्मसिद्धीकालागि सदा लागि पर्ने बताएकाछन् । समाजमा रहेका असत्य, व्यभिचारको अन्त्य गरि सद्भाव कायम गर्न भगवतिको आशिर्वाद जरुरी रहेको कुरामा आफु सहमत रहेको बताउादै रानाले सनातन धर्म सम्पूर्ण मानवजातीको हीतमा हुनुपर्ने बताए । सदाचारभन्दा ठूलो केही छैन, भौतिकवादी समाज र अध्यात्मवादी चिन्तनलाई मार्ग प्रसस्त गर्न धर्म आवश्यक रहेको उनले बताए ।
   
पुराणवाचक भागवताचार्य पंण्डित भीमकान्त पन्थीले आध्यात्मिक जागरण र धार्मीक जागरणलेनै सामाजिक विकास हुने बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजनप्रसाद पन्तले आध्यात्मिक चेतना विना भौतिक विकास सम्भव नहुने बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले धार्मीक जागरणका कार्यक्रमले समाजमा नैतिकताको सञ्चार हुने बताउादै मानव जीवनलाई सकारात्मक दिशातर्फ उत्प्रेरित गर्नकोलागि धर्म आवश्यक रहेको बताए । कार्यक्रममा पूर्व सांसद सोमप्रसाद पाण्डे, मन्दिर संरक्षक समितिका संयोजक ङणराज गैरे, महायज्ञ मूल समारोह समितिका संयोजक पिताम्बर शर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका सभापति भगवान भण्डारीले नेपालीको मौलिक धर्म संस्कार र संस्कृतिको विकास गर्न महायज्ञ आयोजना गरिएको बताए ।

माघ १० गतेसम्म सञ्चालन हुने महायज्ञमा दैनिक प्रवचन, सतचण्डी सतरुद्री पाठ, जप, हवन, लक्ष्यवर्ती सञ्चालन गरिने श्रीमद्ददेवीभागवत दर्लम महाकाली क्षेत्र विकास महायज्ञ समितिले जनाएको छ ।

Posted by Butwalonline on 5:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सत्यता धर्मको अर्को रुप हो : महानिरीक्षक राना"

Leave a reply