रुपन्देहीको बेलहियामा आज ट्रकको ठक्करबाट एक जनाको मृत्यू
बिनोद परियार,बुटवल ,माघ ३ -रुपन्देहीको बेलहियामा आज ट्रकको ठक्करबाट एक जनाको मृत्यू भएको छ । भैरहवाबाट सुनौली तर्फ जादै गरको ना १ ख ८९६० नम्बरको ट्रकले बेलहीयामा सडक किनारामा रहेको ठेला लाई ठक्कर दिदा पर्सा जिल्ला भेसवाका ६५ बर्षीय राम चन्द्र शाहको मृत्यू भएको हो । सुनौली जादै गरेको ट्र्रक अपराहन्न साढे पांच बजे अनियन्त्रीत भई सडक किनारामा रहेको ठेला गाढालाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा ट्राफीक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
