|

रुपन्देहीमा दुई महिलाको रहस्मय रुपमा हत्या

बुटवल ,माघ ३ -रुपन्देहीमा दुई महिलाको रहस्मय रुपमा हत्या भएको छ । रुपन्देही हर्नैया–३, मा गएराती स्थानीय २८ बर्षीया बसन्ती थारु र ३४ वर्षीय आरती लोधको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ ।

महिलाको शव हत्या गरी खेतमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हत्या हिजो रातीनै भएको भएपनि आज मात्रै घटना सार्वजनिक भएको हो । हत्यामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 7:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देहीमा दुई महिलाको रहस्मय रुपमा हत्या"

Leave a reply