|

ढुंगा गिटी उत्खननमा लगाएको रोक खुलाउन राजनैतिक दलहरुको प्रतिबद्धता

बिनोद परियार,बुटवल ,माघ ३ - जिल्ला प्रसासन कार्यलय रुपन्देहीले निकासीमा लगाएको रोकलाई राजनैतिक दलले  खुलाउन प्रतिबद्धता जनाएका छन् । सिद्धार्थनगर उद्योग वाणिज्यसंघ रुपन्देहीद्धारा आज  भैरहवामा आयोजित एक कार्यक्रममा सहभागी राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीले सो कुरामा प्रतिबद्धता जनाएका हुन् । पर्यावरणमा प्रभाव पार्नेगरी ढुंगा गिटी उत्खनन गरेको भन्दै प्रशाशनले रोक लगाएको थियो । कार्यक्रममा क्रसर व्यवसायीहरुले इ आइ ए प्रतिवेदन आएर सोही अनुसार काम गरी खाने बातवरण बनाइदिन आग्रह गर्दा जिल्ला प्रसासनले रोक लगाएकोले सो बारेमा दलहरुले सहयोग गरि दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल रोडा ढुंगा उद्योग व्यवासायी संघका अध्यक्ष शिव पाठकले हाललाई आफुहरु संग मौज्दात रहेको ढुंगा गिटी बालुवा निकासी गर्ने बातवरण बनाइदिन आग्रह गर्नुभया । छलफलमा सहभागी नेकाका सभापति अब्दुल रज्जाक, एमालेका उपसचिव राजेन्द्र पन्थी, एमाओवादीका चोपलाल आचार्य , मधेशी जनाधिकार फोरमका महेन्द्र यादव ,मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका सन्तोष पाण्डे, राष्ट्रिय जनशक्तिी पार्टीका मिलन बस्नेत, राजमोका कृष्ण बम, नेपाल समता पार्टीका मोहन सिह थापा, नेपाल किशान युवा पार्टीका शम्भु उपाध्याय, तमलोपाका अतिउल्लाह मुसलमान लगायतले प्रबिद्धता जनाउनुभएको हो ।

Posted by Butwalonline on 7:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ढुंगा गिटी उत्खननमा लगाएको रोक खुलाउन राजनैतिक दलहरुको प्रतिबद्धता"

Leave a reply