|

विमानमा अजिंगर पसेपछि.....

एजेन्सी, पौष २८ । अष्ट्रेलियाबाट पपुआ न्यूगिनीतर्फ गईरहेको एक विमानका यात्री त्यसबखत त्रसित भए, जब विमानको एक क्याबिनको ढोकामा एक अजिंगर देखा प¥यो । टांस नामक कम्पनीको एक विमानको ढोकामा करिब ३ मिटर लामो एमेथिस्टन प्रजातिको विषहीन अजिंगर विमानमा एकघण्टासम्म रहेको जनाइएको छ ।

उत्तरी आईसल्याण्ड र पपुवा न्यूगिनीको राजधानी पोर्ट मोर्सबबीचको आकाशयात्राको समयमा एक घण्टा उक्त अजिंगर विमानमा रहेको बताइएको छ । विमान कम्पनीका प्रवक्ताले उडानका समयमा यात्रुहरुले क्याबिनको ढोकामा अजिंगर रहेको सूचना दिएको बताइएको जनाइएको छ ।

विमानलाई पपुवा न्यूगिनीको मोर्सबीमा उतारेर अजिंगरलाई बाहिर निकालिएको थियो भने त्यतिखेरसम्म अजिंगर मरिसकेको बीबीसीले जनाएको छ । स्रोत :ईमेज  च्यानल

Posted by Butwalonline on 7:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विमानमा अजिंगर पसेपछि..... "

Leave a reply