|

मलेसियामा एक नेपालीको सडक दुर्घटनामा परि मृत्यु

क्वालालम्पुर । रोजगारीको शिलशिलामा चार महिना अघिमात्रै मलेसिया पुगेका एक नेपालीको दुर्घटनामा परि ज्यान गएको छ । सल्यान छायाँक्षेत्र – ९, रानागाउँ घर भई काजाङमा रहेको इन्सुफलेस कर्पोरेक्सन एसडिएन विएडी कम्पनीमा कार्यरत यादव राज गिरीको सडक दुर्घटनामा परि ज्यान गएको भुपेन्द्र वोहराले जानकारी दिए । घरमा पैसा पठाउँछु भन्दै गएको पाचँ तारिखका दिन यादव विहान दश वजे काजाङ वजार गएका थिए ।

त्यसपछि सम्पर्क नभएका यादवको वारेमा स्थानिय प्रहरीले संगै वस्ने साथी टेकम चन्दलाई राती साढे १ वजे मात्र दुर्घटना भएको जानकारी गराएको थियो । यादवलाई होस्टलभन्दा करीव एक किलोमिटर टाढा वाटो क्रस गर्ने क्रममा बेलुका पौने ७ बजेतिर गाडिले ठक्कर दिएको थियो । ठक्कर दिने सवारी साधन के थियो भन्ने वारेमा भने खुल्न सकेको छैन । यादवको शवलाई पोष्टमार्टमको लागि काजाङ अस्पतालमा राखिएको छ । यादवको श्रीमती र दुई छोरा रहेका छन् ।स्रोत : ऑनलाइन खबर

Posted by Butwalonline on 5:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मलेसियामा एक नेपालीको सडक दुर्घटनामा परि मृत्यु "

Leave a reply