|

न्यानोका लागि बालिएको आगोले घर जल्दा एक बृद्धाको मृत्यु

मोरङ, २७ पुस । मोरङ जिल्लामा न्यानोका लागि बालिएको आगो सल्केर घर जल्दा एक बृद्धाको मृत्यु भएको छ ।बवियाबिर्ता–२, गोहीगाठा बस्ने ७० बर्षीय केशरलाल चौधरीको आज विहान जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा आगो ताप्न बालेको घुरबाट आज विहान करिव साढे ३ बजे आगलागी हुँदा प्यारालाइसिसको बिरामी चौधरीको जलेर मृत्यु भएको हो ।आगलागीबाट करीव ७ लाख रुपियाँ वरावरको धनमाल जलेर क्षती भएको छ ।
 स्रोत :सौर्य  दैनिक

Posted by Butwalonline on 5:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "न्यानोका लागि बालिएको आगोले घर जल्दा एक बृद्धाको मृत्यु"

Leave a reply