नेपालगन्ज रङ्गशालामा आईजीपी कप आजबाट सुरु
ज्ञानु गौतम ,नेपालगन्ज २७ पुस -नेपालगन्ज रङ्गशालामा सुरु भएको प्रतियोगीताको एक समारोहका बिच एआईजी भिस्म प्रसाईले उदघाटन गर्नु भयो । खेलाडीहरुलाई बल दिएर उदघाटन गर्नु भएका एआईजी प्रसाईले खेल जिवनको अभिन्न अंङ्ग भएको बताउंदै खेल बिनाको जिवनको कल्पना गर्न नसकिने बताउनु भयो ।
आईजीपी कप अन्तर्गत आज भएको खेलमा मध्य पश्चिम क्षेत्रिय प्रहरी कार्यालय सुर्खेतले महानगरिय प्रहरी आयुक्त कार्यालयलाई ३ –१ गोलले पराजीत गरेको छ । खेल सुरु भएको २२ औ मिनटमा महानगरिय प्रहरीका राजकुमार श्रेष्ठले गोल गरि अग्रता लिएकोमा २५ औ मिनटमा मध्य पश्चिम प्रहरीका चक्रबहादुर डम्बरपालले गोल फर्काएर बराबरीमा पुर्याएका थिए । ५१ औ मिनटमा अर्को गोल गरेका डम्बर पाललाई पभ्च्याउंदै मध्य पश्चिमकै हरि कठायतले ६८ औ मिनटमा अर्को गोल गरि मध्य पश्चिम क्षेत्रिय प्रहरी कार्यालय बिजयी बनेको थियो । आजै भएको अर्को खेलमा २ का बिरुद्ध ४ गोल गरेर पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखरा बिजयी भएको छ । सुदु पश्चिम क्षेत्रिय प्रहरी कार्यालय दिपायलले २ गोलमै चित्त बुझाउन बाध्य बनेको छ ।
खेल सुरु भएको ७ मिनट मै पश्चिमाञ्चलका खेलाडी नरबहादुर मगरले पहिलो गोल हानेर अग्रता लिएको पोखरालाई ११ औ मिनटमा सुदुर पश्चिमका रंगोल चौधरीले गोल फर्काएर बराबरीमा रोकेका थिए । मध्यान्तर पछिको खेलमा ५६ औ मिनटमा पोखराका प्रेमबहादुर थारुले गोल गरेका थिए भने ६४ मिनटमा हरि थारुले र ७६ मिनटमा अशोक परियारले गोल गर्दै पोखरालाई अग्रता दिएका थिए । ७८ औ मिनटमा दिपायलका रगोल चौधरीले अर्को गोल गरि सुदुरपश्चिमलाई २ गोल गर्न सफल बनाएका थिए । लिग नकआउट प्रक्रियाबाट गराईएको फुटवल प्रतियोगीताको माघ ३ गते सम्म लिग चरणमा र त्यसपछि नकआउटमा प्रतिस्पर्धा हुने छ । प्रतियोगीतामा ५ बिकास क्षेत्रका क्षेत्रिय प्रहरी कार्यालय संगै प्रहरी प्रशिक्षण प्रतिस्थान महाराजगंज , महानगरिय प्रहरी आयुक्त कार्यालय रानी पोखरी र प्रहरी प्रधान कार्यालय गरि ८ टिमको सहभागीता रहेको छ ।