|

यूएईको आबुधाबीमा कार्यरत अर्घाखाँची बासीको भेला सम्पन्न

उमाकान्त पाण्डे गाउंले -सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबीमा अर्घाखाँची बासीको भेला सम्पन्न भएको छ ।  रोजगारी तथा बिभिन्न पेशा ब्यवसायमा आबद्द रही आबुधाबी क्षेत्रमा रहेका अर्घेलीहरुलाई सगंठित गर्न भेला सम्पन्न गरिएको हो । भेलाले अर्घाखाँची संपर्क समिति यूएईको आबुधाबी क्षेत्रिय समिति गठन गरेको छ । यहाँ कार्यरत सम्पूर्ण अर्घाखाँची बासीको चौतारीको रुपमा रहेको अर्घाखाँची सम्पर्क समिति यूएईले इमिरेट्सका सबै राज्यमा आफ्नो क्षेत्रिय समिति विस्तार गर्ने क्रममा आबुधाबीमा भेला गरी समिति गठन गरेको हो। डिसेम्बर १४ तारिख शुक्रबार ४ बजे आबुधाबीको हमदान कर्नेस पार्कमा भेला आयोजना गरिएको हो ।

गठित समितिको अध्यक्षमा दिपक कुवर, उपाध्यक्षमा क्रमश: हिम बहादुर क्षेत्री, र बिष्णु पन्थी रहेका छन । त्यसै गरी  सचिवमा प्रेम थापा, सह-सचिवमा नारायण खनाल, र कोषाध्यक्षमा कमल खड्का छन । साथै कार्य समितिको सदस्यमा राजेन्द्र खनाल, दिनेश पौडेल , प्रेम खनाल , केशब भुसाल , बोम बहादुर सेजवाल, लाल बहादुर खनाल र बुद्दिराम पन्थी रहेका छन । गठित समितिका पदाधिकारीलाई केन्द्रिय समितिका सल्लाहकार चन्द्र सारु, नेत्र केसी, र  कृष्ण भाटले शुभकामना मन्तब्य दिएका थिए । गठित समितिका अध्यक्ष दिपक कुवरले जील्लाबासीहरुले दिएको कार्यभार पुरा गर्ने प्रतीबद्दता ब्यत्त गरेका थिए ।  

केन्द्रिय समितिका वरिस्ठ सल्लाहकार चन्द्र सारुमगर र सल्लाहकार कृष्ण भाटको सयोंजकत्वमा भेला सम्पन्न भएको थियो । भेलामा आबुधाबीको मुसाफा , आइकार्ड तथा अन्य बिभिन्न स्थानमा रहेका अर्घाखाँची बासीको उपस्थिती रहेको थियो ।

सन २००४ मा यूएईमा स्थापित अर्घाखाँची सम्पर्क समिति यूएईको वर्तमान अध्यक्षमा राजु खड्का छन । आबुधाबी क्षेत्रमा गठित समितिले सामाजिक कार्यमा एकजुट भएर काम गर्ने र यस् कार्यमा सहयोग गर्न सम्पूर्ण जील्लावासी लाई   खड्काले अनुरोध गरेका छन ।

अर्घाखाँची बासीलाई एउटै सन्जालमा आबद्द गराउदै  " Join Hands Grow Together " भन्ने नाराका साथ अन्तरास्ट्रिय संपर्क मन्चको स्थापना गरिएकोले र त्यसको तदर्थ समितिको सम्योजकत्व पनि यूएईले गरेकोले यहाँ कार्यरत अर्घाखाँची बासीलाई सहयोग पुग्ने यहाँ कार्यरत अर्घाखाँची बासीको बुझाई रहेको छ ।

Posted by Butwalonline on 7:28 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यूएईको आबुधाबीमा कार्यरत अर्घाखाँची बासीको भेला सम्पन्न"

Leave a reply