|

नेपाली समाज यूएईको निर्वाचन समितिको पहिलो बैठक सम्पन्न

उमाकान्त पाण्डे गाउंले -नेपाली समाज यूएईको आगामी निर्वाचनका लागि गठित समितिको पहिलो बैठक दुबइमा सम्पन्न भएको छ । बर दुबइको मेट्रो पार्कमा बसेको निर्वाचन समितिको बैठकले बिभिन्न बिषयमा छलफल गरी निर्णय गर्यौ ।

निर्वाचन समिति तथा नेपाली समाजका वर्तमान कार्यसमितिका पदाधिकारीको उपस्थितीमा बैठक सम्पन्न भएको हो ।   बैठकले आगामी निर्वाचनमा सहभागी हुन तत्काल सस्थालाई सुचीकृत गर्न गराउन अनुरोध समेत गरेको छ ।

नेपाली समाजमा सुचीकृत हुन यूएईमा रहेका जिल्लास्तरका सस्थालाई दर्ता शुल्क ३ सय धिराम्स तथा अञ्चल स्तरका प्रतिनिधिहरुलाई ४ सय धिराम्स लाग्ने निर्णय गरेको छ । साथै कुनै पनि पार्टीका अन्तराष्ट्रिय भात्री संगठनहरुको हकमा ५ सय धिराम्श तथा सस्थाको बिधान अनुसार कार्यसमितिको नामावाली सहित सस्थालाई नेपाली समाजमा दर्ता गराउनु पर्ने प्रावधान राखिएको छ ।

सस्था दर्ता तथा नबिकरणको लागि भोली शनिबार बाट लागु हुने गरी आगामी १८ जनवरी २०१३ सम्म रहने र त्यस उपरान्त आउने निबेदन उपर कुनै प्रकृयामा सामेल नगराइने ब्यहोरा समेत निर्वाचन समितीले निर्णय गरेको छ । त्यसैगरी आजीवन सदस्यको लागि २ सय धिराम्स तथा पासपोटकपि र हालै खिचेको पासपोट साइजको फोटो अनिवार्य पेश गर्नु पर्ने जनाएको छ । आफ्ना सम्पूर्ण विवरण नेपाली समाजको निर्वाचन समितिका सदस्य तथा वर्तमान कार्यसमितिका कुनै पनि पदाधिकारीलाई संपर्क गर्न अनुरोध समेत गरिएको छ ।  

नेपाली समाज यूएईको नयाँ कार्यकालको लागि आगामी मार्च १ गते निर्वाचन हुँदै छ । निर्वाचनका लागि गोपाल कडेल संयोजक तथा राजु खड्का र ममता विस्ट सदस्य तथा विमला भट्ट,डिआर गुरुङ र उत्तम अधिकारि सल्लाहकार रहेको उच्च स्तरिय निर्वाचन समिति यस् अघी नै गठन गरिएको थियो । संयोजक गोपाल कंडेलको अध्यक्षता तथा नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालको प्रमुख आतिथ्यता एवम निर्वाचन समितिका सदस्यको आतिथ्यतामा सम्पन्न भएको हो ।    

Posted by Butwalonline on 7:33 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली समाज यूएईको निर्वाचन समितिको पहिलो बैठक सम्पन्न"

Leave a reply