लुम्बिनी एक्स्पो प्रचार र्याली
मेलाको तयारी पुरा भएको आयोजकले जनाएका छन् । मेलाका लागि साढे ६ सय स्टल दर्ता भएका छन् । पााचसय स्टल सहभागी गराउने लक्ष्यसहित लुम्बिनी एक्स्पो आयोजना गरिएपनि आयोजकको अपेक्षाविपरित स्टल संख्या झण्डै डेढ सयले वृद्धि भएको हो । सहभागी स्टलहरुमा २६ वटा विदेशी बहुराष्ट्रिय कम्पनीका छन् । जसमा चीनका १०, भारतका ८, बंगलादेशका ६ र पाकिस्तानका २ वटा स्टल सहभागी हुने मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष टंक पोखरेलले बताउनुभयो ।
उहााका अनुसार मेलामा अटो पेभेलियनतर्फ ६६, कृषि प्रविधितर्फ ६०, सेवामुलक ५८, सूचना प्रविधि र इलेक्ट्रोनिक्स ५८, जुता चप्पल ५८, दैनिक उपभोग्य सामान ८८, गार्मेन्ट्स ९८ वटा स्टल दर्ता भएका छन् । त्यस्तै निर्माण सामग्रीका ३०, घरेलु तथा हस्तकला ५८ र होटल तथा रेष्टुरेन्टका ३३ वटा स्टल मेलामा रहनेछन् ।
लुम्बिनी अञ्चलका प्रमुख पर्यटकीय स्थलको फोटो तथा वृत्तचित्र प्रदर्शन, आर्थिक र पर्यटन विकासका लागि सरोकारवालासाग अन्तक्र्रिया, विश्वकै सर्वाधिक कम तौलको कुखुराको अण्डा, डान्स आईडल प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, अष्ट्रिच चरा, अण्डाको अवलोकन, हेलिकप्टरद्वारा दृश्य अवलोकन मेलाका विशेष आकर्षण हुनेछन् ।
“स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउूसम्म व्यापार बिस्तार” भन्ने मूल नाराका साथ बुटवलमा लुम्बिनी एक्स्पो–२०१२ आयोजना हुन लागेको हो । लुम्बिनी एक्स्पो पुस १७ गतेसम्म चल्ने छ ।
