|

फोटो प्रर्दशनी शुरु


बुटवल ५ पुस । नेपाल सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा देशैभरी  पांच हजार झोलुङगे पुल निमार्ण पुरा भएको सन्र्दभमा आजदेखि बुटवलमा फोटो प्रर्दशनी शुरु भएको छ । जिल्ला विकास समिति रुपन्देहीको अयोजनामा शुरु भएको  पश्चिमाञ्चल स्तरिय दुई दिने फोटो प्रर्दशनीको आज  एक समारोहकाविच उद्घाटन गरिएको छ । स्थानिय पुर्वाधार तथा कृषि सडक विभागका महानिर्देशक भुपेन्द्र बहादुर बस्नेतले प्रर्दशनीको उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै बस्नेतले फोटोले मानिसको चेतनास्तर बढाउन र परिवेश बुझाउन सहज हुने भएकाले प्रदर्शनी महत्पूर्ण भएको बताउनुभयो । बुटवलको हाटबजारस्थित वालमन्दिरमा शुरु भएके  प्रर्दशनीमा झोलुङगे पुलसंग सम्वन्धीत विभिन्न एक सय फोटोहरु राखिएको छ ।

देशैभरीका विभिन्न पांच शहरमा अयोजना गरिएको फोटो प्रर्दशनी अन्तरगत बुटवलमा आज र भोली  अयोजना गरिएको हो ।निशुल्करुपमा प्रवेशको व्यवस्था मिलाईएको फोटो प्र्दशनीका  अवसरमा झेलुङगेपुलको महत्वका विषयमा तयार पारिएको बृत्तचित्र पनि प्रर्दशन गरिएको थियो ।

राणकालिन देखि पछिल्लो प्रविधिका समेत गरि पांच हजार पुल निमार्ण भैसकेपनि अझै पनि विभिन्नि क्षेत्रमा झेलुङगे पुलको माग बढिरहेको बताईएको छ ।


Posted by Butwalonline on 12:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फोटो प्रर्दशनी शुरु "

Leave a reply