|

दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति

पौष ५ । दक्षिण कोरियामा भएको राष्ट्रपति पदको चुनावमा पहिलो पटक महिला राष्ट्रपति चुनिएका छन् । हिजो भएको चुनावबाट दक्षिण कोरियाले पहिलो महिला राष्ट्रपतिका रुपमा सत्तासिन साईनुरी पार्टीकी पार्क गेयुन हायलाई पाएको हो । पार्क खसेको मतको ५० दशमलव १ प्रतिशत भोटका साथ विजयी हुनुभएको छ । पार्कले चुनावी मैदानमा रहेका विपक्षी डेमोक्रेटिक युनाईटेड पार्टीका मुन जे ईनलाई हराउनुभएको हो । पार्क दक्षिण कोरियाका निरंकुश पूर्व सैन्य शासक पार्क चुङ ही की छोरी हुन् । निर्वाचनका क्रममा पार्कले आफ्नो बाबुले चलाएको निरंकुश शासनप्रति जनतासँग माफी माग्नुभएको थियो । पराजीत विपक्षी उम्मेदवार मुन जे भने उत्तर कोरियाली शरणार्थीका सन्तान हुन् ।

पार्कले आफ्नो जीतले दक्षिण कोरियाको अर्थ व्यवस्थामा सुधार आउने दावी गर्नुभएको छ । पछिल्ला दिनमा दक्षिण कोरिया खराब आर्थिक अवस्थासँग जुधिरहेको छ । ६० वर्षीया पार्कलाई निरंकुश शासक आफ्ना बाबुका कारण बिग्रेको छवी सुधार्नु मूख्य चुनौति हुने खबरहरुले उल्लेख गरेका छन् ।स्रोत :ईमेज  च्यानल

Posted by Butwalonline on 7:00 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दक्षिण कोरियामा पहिलो महिला राष्ट्रपति "

Leave a reply