|

पश्चिमाञ्चल यातायात व्यवसाय समितिको निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण

लक्ष्मण पोखरेल,बुटवल कार्तिक २३ । यातायात व्यवसायलाई स्वच्छ तथा स्फूर्त रुपमा सञ्चालन गर्नका लागि स्थानीय प्रशासनको सहयोग आवश्यक हुने यातायात व्यवसायीहरुले बताएका छन् । प्रशासन र व्यवसायी बीचमा असमझदारी भए व्यवसायीको हकहित गुम्ने भन्दै उनीहरुले त्यसले समग्र आर्थिक क्षेत्रमा नै असर पु¥याउने दाबि गरे ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको ८ औं  अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको आज बिहीबार भएको पदस्थापन कार्यक्रममा बोल्दै व्यवसायीहरुले सो कुरा बताएका हुन । प्रशासनको सहयोग अपरिहर्य भए पनि केही सिमित व्यवसायीको स्वार्थको पछि लागेर प्रशासनले अन्य व्यवसायीलाई सताउने गरेको पनि आरोप लगाए ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रानाभाटले नेपालमा करिव साढे १३ लाख सवारी तथा खर्बौैको लगानी यातायात क्षेत्रमा भए पनि राज्यले एउटा मन्त्रालय पनि दिन नसकेको बताए । राज्यको लाचारीका कारण यातायात व्यवसायीहरु मर्कामा परेको पनि उनले बताए । त्यस्तै पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधि खरेलले यातायात व्यवसायीलाई स्थानीय प्रशासनले कुरै नबुझी सताउने गरेको आरोप लगाए । ुव्यवसायी र प्रशासनको सम्बन्ध नङमासु जस्तै हुनु पर्ने हो तर त्यस्तो हुन सकेको छैन, उनले भने ।

कार्यक्रममा नव निर्बाचित अध्यक्ष गणेश पन्तले प्रशासनले ज्यादति गरे व्यवसायीको हकहितका लागि जस्तो सुकै कदम चाल्न पनि पछि नपरिने दाबि गरे ।

कार्यक्रममा प्रमुख निर्बाचन अधिकृत महेन्द्र पाण्डेले नया पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै समितिले सोही अवसरमा रुपन्देहीका नव आगन्तुक प्रहरी प्रमुखहरु पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिभूतिराज पाण्डे, इलाका प्रहरीका प्रमुख दिपक थापालाई स्वागत तथा सम्मान गरेको थियो ।समितिको गत शनिबार भएको अधिबेशनले गणेश पन्तको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।

Posted by Butwalonline on 6:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिमाञ्चल यातायात व्यवसाय समितिको निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण"

Leave a reply