भारतमा कायम मूल्यका आधारमा नेपाली उखुको मूल्य कायम गरिने
काठमाडौं, कात्तिक २३ – उखु उत्पादक किसान र चिनी मिल सन्चालकबीच भारतमा कायम भएको उखुको मूल्यका आधारमा नेपाली उखुको मूल्य कायम गर्ने सहमति भएको छ । देशभरका उखु उत्पादक र चिनी मिल सन्चालकबीच भएको छलफलमा भारतमा केही दिन भित्रै उखुको मूल्य तोकिने भएकाले त्यसैका आधारमा नेपालमा पनि भाउ तोक्ने सहमति भएको हो ।
भारतमा बढी भाउ तोकिए नेपाली उखु उतैतिर जाने र नेपालका चिनी उत्पादकलाई मर्का पर्ने र भारतमा कम भाउ भए उताको उखु नेपाल भित्रिएर नेपाली किसान मर्कामा पर्ने भएकाले भारतको निर्णय कुर्ने सहमति भएको उखु उत्पादक महासंघका सदस्य प्रेमचन्द्र गुप्ताले जानकारी दिनुभयो ।
भाउ तोक्ने विषयमा आउँदो मंसिर १० गते फेरी छलफल हुने उहाँले बताउनुभयो । चिनीको भाउ बढेपनि उखुको भाउ बढ्न नसक्दा मर्का परेको भन्दै किसानले भाउ बढाएर प्रतिक्विन्टल ६ सय १५ रुपैँया पुर्या उन माग गरेका छन् ।
अहिले उखुको भाउ प्रतिक्विन्टल ४ सय ११ रुपैयाँ ५० पैसा छ । लगानी अनुसारको आम्दानी नभएका कारण किसानले उखुको उत्पादनमा चासो नदिंदा पछिल्लो एक दशकमा उखुको उत्पादन वार्षिक एक करोड क्विन्टलले घटेको छ ।

Posted by Butwalonline
on 6:44 PM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response