|

ग्याँसको मूल्य फेरी बढ़ने

काठमाडौं, कात्तिक २३ – सरकारले ग्याँसको मूल्य बढाउने तयारी गरेको छ । लामो समयदेखि ग्यासमा घाटा सहदै आएको भन्दै सरकारले मुल्य बढाउने तयारी गरेको हो ।

नेपाल आयल निगमका कायम मुकायम कार्यकारी निदेर्शक सुरेश अग्रवालले घाटा अव धेरै थेग्न नसक्ने भएकाले आयोगले लागत मूल्य अर्थात किनेकै मूल्यमा ग्यास बेच्ने निष्कर्षमा पुगेको बताउनुभयो । त्यसका लागि अहिले कार्यविधि बन्दै गरेको अग्रवालको भनाई छ । तर सामान्य उपभोत्ताका लागि भने बढीमा पाँच सय रुपैयाँ अनुदानको व्यवस्था गरिने निगमले जनाएको छ ।  अहिले निमगले प्रति शिलिण्डर ५ सय ८ रुपैयाँ घाटा सहनु परेको जनाएको छ ।

Posted by Butwalonline on 6:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ग्याँसको मूल्य फेरी बढ़ने "

Leave a reply