|

प्रहरीको हत्या गर्नेलाई १४ वर्षको जेल

गुल्मी, कात्तिक २३  - गत वर्ष दशैँको पूर्णमाको दिन प्रहरीको हत्या गर्ने एक जनालाई गुल्मी जिल्ला अदालतले १४ वर्षको जेल सजायँ सुनाएको छ । २०६८ साल असोज २४ गते नयाँगाउँमा भएको पूर्णिमा सरायँ नाचमा सुरक्षाका लागि खटिएका प्रहरी जवान सूर्यबहादुर थापाको धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्दै अदालतले स्थानीय गुरुङ्गगाउँका नरबहादुर गुरुङ्गलाई १४ वषको कैद सजायँ सुनाएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले बताउनुभयो ।

प्रहरीले गुरुङ्गसहित ११ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्य २ जनालाई तत्काल निर्दोष सावित गरी छाडिएको र ९ जना विरुद्ध मुद्धा दायर भएकोमा अदालतले गुरुङ्ग बाहेकका अरुलाई सफाई दिएको छ ।स्थानीय यूवाहरुबीच भएको झगडा नियन्त्रणका क्रममा गुरुङ्गले प्रहरी जवान थापाको छातीमा छुरा प्रहार गरी हत्या गरेको थिए ।

घटनाको दोश्रो दिन हाडहाडे गाविसको एक जंगलमा लुकेर वसेको अबस्थामा पक्राउ परेका गुरुङ्गलाई हालसम्म पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा थुनामा राखेको र फैसलापछि पनि सोही कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Posted by Butwalonline on 6:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रहरीको हत्या गर्नेलाई १४ वर्षको जेल"

Leave a reply