विद्युत चुहावट नियन्त्रण अभियान तिब्र
किरणमान बज्राचार्य,कपिलवस्तु ,२३ कार्तिक - नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाले दशै अगावै स्थगित गरेको चुहावट नियन्त्रण अभियान पुनः सुरु गरेको छ । चाडपर्वमा कर्मचारी विदा गएपछि प्रभावित बनेको चुहावट नियन्त्रण अभियान पुनः संचालन गरिएको शाखाले जनाएको छ । विगत दुई महिना देखि शाखाले जिल्लाका विभिन्न स्थानमा छापा हान्ने र हुकिंङ गरेकालाई कारवाही समेत थालेको हो । यसका लागि जिल्ला प्रशासन कर्यालय, जिल्ला प्रहरी कर्यालय तथा जिल्ला बिद्युत कार्यालयको १० जनाको चुहावट नियन्त्रण समिति गठन गरि अभियानलाई तीब्र गतिमा अगाडी बढाएको छ । टोलीले १५ वटा गाविस र एक वटा नगरपालिका गरि एक सय २० जनालाई कारवाही गरेको तौलिहवा शाखा प्रमुख राजेन्द्र कुमार श्रीवास्तवले जानकारी दिए ।
छापा हानेको स्थानबाट करिब चुहावट गर्नेमा डाक्टर, राजनीतिक दलका नेता, ब्यपारी लगायतका प्रतिष्ठत ब्यक्तिले सेमत बिद्युत चोरेको पाईएको शाखाले जनाएको छ । छापाका क्रममा करिब एक सय २० भन्दा बढी चोरी गरिएका मिटर, पंखा, चीम लगायतका सामानहरु बरामद भएको छ । र सो व्यतिहरुबटा करिब चार लाख बराबरको जरिबाना समेत असुल गरेको छ । शाखा प्रमुख श्रीवास्तवले चुहावट नियन्त्रणका लागि सबै क्षेत्रबाट सहयोग लिई अभियान थालिएको बताए । हाल सम्म विभिन्न १५ वटा गाविसका चुहावट बढि हुने क्षेत्रमा छड्के चेकिङ् गरिएको र त्यहा अत्याधिक मात्रामा हुकिंङ तथा मिटरबाटै चोरी गरिएको उहाले जानकारी दिनुभयो । हाल यस क्षेत्रको विद्युत चुहावट ४२ प्रतिशत रहेको र अभियानले निरन्तरता पाए ३० प्रतिशतमा झार्ने उनकोे दाबी छ ।
प्रयाप्त बजेट अभावका कारण यसले निरन्तरता पाउन नसक्ने भएपछि शाखाले क्षेत्रिय कार्यालय बुटवमा बजेट माग गरेको छ । शाखाले विभिन्न प्रक्रियाबाट चुहावट रोक्न करिब ढेड करोड रुपैयाको बजेट माग गरेको हो । हुकिङ हुने स्थानमा केवल तार जडान, अन्डर साईजको तार बदली, सर्भिस तार मर्मत लागताका कार्य गर्नका लागि प्राधिकरणले सो प्रस्ताव पेश गरेको जनाएको छ ।
क्िरब २० हजार ग्राहक रहेको शाखामा ४२ प्रतिशत बढि बिद्युत चुहावट हुदै आएको छ । नेपालमै बढी बिद्युत चुहावट हुने जिल्लाको सुचीमा रहेको यो शाखामा थप दुई घण्टा लोडसेडिङ रहेको छ । शाखाले विद्युत चुहावटकै कारण मासिक ४० लाख रुपैया घाटा व्यहोर्दै आएको छ ।