|

बुटवलमा अन्तर्राष्ट्रिय रेस्लिङ महा भिडन्त हुने

लक्ष्मण पोखरेल,बुटवल, कार्तिक २३ । नेपाल पर्यटन खेलकुद संघको आयोजनामा आगामी मंसीर १९ गते बुटवलमा अन्तर्राष्ट्रिय रेस्लिङ महा भिडन्त हुने भएको छ । बुटवल जेसिजको सहआयोजनामा हुन लागेको सो रेसलिङ्ग प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय रेस्लर भरतवहादुर विसुराल (“दि हिमालयन टाईगर”) र अष्ट्रेलियाका सुपर स्टार हार्टली ज्याको ज्याक्सनका वीच भीडन्त हुने छ । उक्त भीडन्तमा विजयी हुने खेलाडीलाई संघको नाममा स्थापना गरिएको च्याम्पियनसिप टाईटल बेल्ट र नगद दुईलाख रुपैया पुरस्कार प्रदान गरिने छ ।  सोही कार्यक्रम मंसिर १६ गते अर्घाखाँची संन्धिखर्क स्थित टुडीखेलमा आयोजना गरिएको छ । 

बुटवलको कालिका उच्च माबि कालिकानगरमा हुने प्रतियोगितामा नेपाली महिला रेस्लर भगवती खडका (युनिका) र अमेरिकाकी द ग्रेट चेन्ने आल्माका वीच, अमेरिकाका द ग्रेटनेस टिम मेम्वर द ग्रेट माल्लाकी र जापानका युसुके उदेका वीच पनि प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै नेपाली खेलाडी महेश्वर काञ्जु र नर्सिङ गोपालीका वीच पनि प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा अमेरिकी महिला रेस्लर द ग्रेट चेन्ने आल्माले नेपाली रेस्लर द हिमालय टाईगर र अस्ट्रेलियन सुपर स्टार हार्टली ज्याकोसंग समेत एकल प्रतिष्पर्धा गर्ने भएकी छिन ।

प्रतियोगिताबारे जानकारी गराउन आज  वुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन खेलकुद संघका अध्यक्ष पृथ्वी थापाले यसले नेपालको खेल पर्यटनमा बढवा दिने बताउनु भयो । प्रतियोगितामा जिरोवान रेस्लिङ कम्पनीका मालिक योसियुकी नाकामुरा प्रमुख रेफ्री र नेपालकी सुनिता थापा सहायक रेफ्रीको भूमिका निर्वाह गर्ने छन । वुटवलको प्रतियोगितामा करिव १५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएका छन । ५४ वर्षीय नेपालका एकमात्र अन्तर्राष्ट्रिय रेस्लर दि हिमालयन टाईगरले रेस्लिङ महाभिडन्तको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । प्रतियोगितामा हास्यकलाकार मनोज गजुरेलले कार्यक्रम सञ्चालन गर्ने र गीतकार जीवन शर्माले दर्शकहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नुहुने कार्यक्रम तय भएको संघका महासचिव हिमाल खनालले बताउनु भयो ।

Posted by Butwalonline on 5:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा अन्तर्राष्ट्रिय रेस्लिङ महा भिडन्त हुने"

Leave a reply