5:44 PM | Posted by Butwalonline

लुम्बिनी २३ कार्तिक । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी स्थित लुम्बिनी बिश्वशान्ति स्तुपा निप्पोजन म्यहोजीको ११ औ बार्षिक उत्सव बिभिन्न बिभिन्न कार्यक्रम गरि मनाईएको छ । कार्यक्रमका प्रमुख भिक्षु स्थोनीले बिश्वमा बढी रहेको आणविक होडबाजी अन्त्य गरि बुद्धको शान्तिमार्गमा लाग्नु पर्ने बताउनु भयो । उहाँले बुद्धको शान्तिसन्देश नै बिश्वशान्तिको सहज बाटो भएको हुदा पञ्चशील बिधि अपनाउन सबैलाई आग्रह गर्नुभयो ।
समारोहमा नेपाल थेरबादी संघका महानायक भिक्षु अश्वघोषले वास्तविक शान्ति अनुभव गर्न बुद्धबचन अनुसार संसार भरिका बौद्धमार्गीहरु जीवनमा एक पटक लुम्बिनी आउनै पर्ने बताउनु भयो । सो अवसरमा लुम्बिनी वरिपरि बिभिन्न बिद्यालयका छात्रछात्राहरुले बुद्धजीवनीमा आधारित नाटक, गीत नृत्य समेत प्रस्तुत गरेका थिए ।
सम्बन्धित शीर्षकहरु: News

Posted by Butwalonline
on 5:44 PM. Filed under
News
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response