रवि किरण कप नकआउट फुटवल प्रतियोगितामा आर. के. एफ. सी र चाँदनी विजय
बुटवल,१७ कात्तिक । जनआस्था पृथ्वी क्लब रुद्रपुरको आयोजनामा रुद्रपुरमा जारी रवि किरण कप नकआउट फुटवल प्रतियोगिताको शुक्रवार सम्पन्न दुई छुट्टा छुट्टै खेलमा आर. के. एफ. सी र चाँदनी युवा क्लब विजय भएका छन् । रुद्रपुरको खेलमैदानमा शुक्रवार भएको पहिलो खेलमा आर. के. एफ. सी वाक ओभर पाएर विजय भयो ।
लाली गुराँस युवा क्लब अनुपस्थित भएपछि आर. के. एफ. सी विजय भएको हो । त्यसतै दोश्रो खेलमा चाँदनी युवा क्लब गजडीले द राइजिड्ड युथ क्लब शंकरनगरलाई १–० ले पराजित गरेको हो । यस अघि बुधवार भएको पहिलो उदघाट्न खेलमा कञ्चल युवा क्लब गजेडीले एकता युवा क्लब रुद्रपुरलाई हरायो । त्यसतै बिहिवार सम्पन्न दुई छुट्टा छुट्टै खेलमा विश्व शान्ति युवा क्लब र फर्साटिकर युवा क्लब विजय भएका थिए ।
प्रतियोगिता अन्र्तगत आज पानबारी युवा क्लब सालझण्डी र मोहिनी फुटबल क्लब बुटवलका बीच खेल हुने बिन्दु गौतमले बताइन । २७ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २० टीम सहभागी छ ।