लुम्बिनी अञ्चल आयुर्वेद औषधालयमा औषधिको अभाव
बुटवल, कार्तिक १७ - आयुर्वेद उपचारमा सर्वसाधारणको आकर्षण बढे पनि समयानुकूल सेवा विस्तार र औषधि उपलब्ध नहुँदा यहाँस्थित लुम्बिनी अञ्चल आयुर्वेद औषधालय प्रभावहीन बन्दै गएको छ । उपचारका लागि आउने सेवा पर्याप्त नहुँदा निराश बनेर र्फकन बाध्य छन् । विभागले दरबन्दीअनुसार कर्मचारी र मागअनुसार औषधि नपठाउँदा आयुर्वेद औषधालयमा पुगेका बिरामी सेवा लिन निजी क्लिनिक धाउनुपर्ने बाध्यता छ । सरकारले वाषिर्क औषधि खरिदका लागि १५ हजार दिने गर्छ ।
त्यसले किनेको ८ कार्टुन औषधिले बिमारीलाई पुर्योउन नसकिएको प्रमुख डा। प्रितमकुमार शर्माले बताए । आयुर्वेद क्षेत्रमा नयाँ औषधिले प्रवेश पाइरहेका छन् । आयुर्वेद विभागले भने १५ वर्षदेखि पठाउँदै आएका परम्परागत औषधिले काम चलाउनुपरेको छ । औषधालयमा कस्ता बिरामीको चाप र कुन औषधि माग छ भन्नेबारे विभाग जानकार छैन, शर्माले भने, त्यसैले बिरामीलाई आवश्यकताअनुसार औषधि दिन सकिँदैन ।विभागले औषधालयमा पहिलो चौमासिकमा पठाउनुपर्ने औषधि कात्तिक १५ सम्म पठाएको छैन ।
स्थानीयस्तरमा जडीबुटी खरिद गरेर औषधि बनाउन पठाउने १५ हजार पनि समयमा नपठाउँदा जडीबुटी किन्ने र औषधि बनाउने काम भएको छैन, समयमा रकम नपठाउँदा यहाँ तयार हुने पनि बनाउन सकिएन,ु उनले भने । औषधालयमा दैनिक ३० बिरामी आउँछन् । निको नभएका ग्यास्टिक, पिनास, हेपाटाइटिस, बाथ, पायल्स, महिलाका प्रजनन समस्यालगायत बिरामी बढी मात्रामा आउने गर्छन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा बिरामी सेवाबाट वञ्चित हुनुपरेको छ ।