विश्व हिन्दु महासंघ राजा स्थापित गराउन नेपालमा राजनीति गर्ने खुलासा
नवलपरासी, वृजराज कुशवाहा कार्तिक १७ -हिन्दु धर्म र हिन्तुत्वका लागि काम गर्दै आएको विश्व हिन्दु महासंघ राजा स्थापित गराउनका लागि अब नेपालमा राजनीति गर्न शुरु गरेको खुलासा गरिएको छ ।
नवलपरासीमा पत्रकार सम्मेलन गर्दै विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सदस्य तथा संचार संयोजक अस्मिता भण्डारीले नेपालका राजनीतिक दलहरुले विश्वको एक मात्र हिन्दु देशका राजालाई हटाएर देशलाई धर्म निरपेक्ष बनाई धर्मसंग राजनीति गरेकाले अब विश्व हिन्दु महासंघले पनि नेपालमा राजनीति गर्ने दावी गर्नुभएको छ । राजा स्थापित गराउने उद्धेश्यले महासंघ अब जनतामा जाने र अन्तरिम संविधान ०६३ का अनुसार राजा नेपालमा कायमै रहेको जानकारी गराउने छ । यसका लागि दबावमूलक काम गर्नका लागि पनि महासंघले अगुवाई गर्ने बताउनुभयो । त्यसैको तहत राजा आमजनताको मनोभाव बुझ्न जनतामा जाने गरेको तथा देशका विभिन्न स्थानमा भ्रमणमा गर्ने गरेको रणनीतिक खुलासा समेत गरिएको छ ।
कार्तिक २१ गतेका दिन पुर्व राजा ज्ञानेन्द्र गोरक्षपीठका उत्तराधिकारी योगी आदित्यनाथको संयोजकत्वमा हुने एक यज्ञमा सहभागी हुन नवलपरासी आउनेबारे जानकारी दिनका लागि आयोजित सो पत्रकार सम्मेलनमा भारतका हिन्दु युवा वाहिनीका जिल्ला उपाध्यक्ष नरसिंह पाण्डे समेतको उपस्थिती रहेको थियो । नवलपरासी जिल्लाको दक्षिणी सीमामा रहेको हरपुर गाविसको गोपालपुरमा भोली १८ गतेदेखि शुरु हुने यज्ञमा पुर्व राजा ज्ञानेन्द्रले कार्तिक २१ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । सो कार्यक्रममा गोरक्षपीठका उत्तराधिकारी योगी आदित्यनाथको संयोजकत्वमा हुने सो सम्बोधन कार्यक्रममा भारतीय सांसद योगी आदित्यनाथ र पुर्व राजा ज्ञानेन्द्र ऐतिहासिक रुपमै एकै मञ्चमा एक साथ रहनुहुने आयोजकद्धारा प्रेस विज्ञप्तिमा जनाईएको छ । यसका साथै हिन्दु युवा वाहिनीका जिल्ला अध्यक्ष नृपेन्द्र विक्रम सिंह, विश्व हिन्दु महासंघका अन्तरराष्ट्रिय समिति तथा भ्रातृ संगठनहरुका प्रमुख तथा भारतका अन्य धार्मिक व्यक्तित्वहरुको उपस्थिती रहुने बताईएको छ ।