अस्पताल निर्माण सहयोगार्थ महायज्ञको तयारी
बुटवल, ३ मंसिर । प्राकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माणार्थ आयोजना गर्न लागिएको महायज्ञको तयारीका लागि नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र पर्राेहाले आइतबार बुटवलमा अन्र्तक्रिया गरेको छ । महायज्ञलाई सफल बनाउने बिषयमा राजनीतिक दल तथा सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेको हो ।चिकित्सा केन्द्रले शिक्षण अस्पतालन निर्माण सहयोगार्थ मंसिर २२ गतेदेखि ३० गतेसम्म बनकट्टामा बिराट श्रीमद्भागवत सप्ताह ज्ञान एवं बिशिष्ट धन—धान्याञ्चल महायज्ञ गर्दैछ । यज्ञ मुल सम्पादन समितिका अध्यक्ष बिष्णु कार्कीको अध्यक्षतामा भएको अन्र्तक्रियामा बिश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष गणेशमान सैजु, पूर्व सांसद सुर्य प्रसाद प्रधान, नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ, राप्रपा नेपालका पुनाराम पोख्रेल, महायज्ञका मूल कर्ता पुन्यप्रसाद पन्थी, केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराई लगायतले बोल्दै प्रकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माण गर्नु सराहानिय कार्य भएको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
चिकित्सा केन्द्रले करिव ५० करोडको अस्पताल निर्माण गुरुयोजना बनाएको छ । गुरुयोजनामा बनकट्टादेखि ६ सय मिटरउत्तर तर्फ ८ बिगाहा क्षेत्रफलमा योगशाला, अनाथआश्रम, प्रबेशद्वार, जडिबुटी उद्यान, गौशाला लगायतका संरचना निर्माण गर्ने योजना छ । महायज्ञबाट ८ करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।

