|

लोक संस्कृति जोगाउन लागी राम लिलाको आयोजना

बिवेक बिश्वकर्मा,धकधई, मार्ग ३÷शहरिया परिवेशमा अर्केष्ट्रा, डि जे, तथा कन्सर्टहरु बिकसित भईरहेका अवस्थामा रुपन्देहीको ग्रामिण क्षेत्र धकधईमा राम लिलाको आयोजना गरि यहाका बासिन्दाले लोक संस्कृति जोगाउन लागी परेका छन । तराईको बिभिन्न स्थानमा पहिले यस्तो रामलिलाको आयोजना हुने गरे पनि अहिलेको युवा पुस्ताले आ८नो पराम्परा तथा संस्कृति बिर्सदै गएकोमा युवा पुस्तालाई आ८नो पराम्परा तथा संस्कृति सिकाउन रामलिला आयोजन गर्न लागेको रामलिला आयोजक समितिका अध्यक्ष अनिल कुमार कौशलले बताएका छन ।

स्थानिय कलाकार, संगितकर्मि,तथा बाद्य बादन प्रयोग गरि आयोजन हुने यो कार्यक्रममा धकधई लगायत छिमेकी गा.वि.स. हरु छोटकी रामनगर,छिपागढ,पोखरभिण्डी,पटखौली,सिक्टहन लगायत भारतबाट समेत मधेशीको साथसाथै नेपाली भाषी सामुदायको पनि उल्लेख्य उपस्थिति हुने गरेको समितिका कोषध्यक्ष राम अवध गौड को दावी रहेको छ । असत्य माथि सधै सत्यको जित हुन्छ र सत्यको बाटो कहिल्यै छोडनु हुदैन भन्ने मुल शिक्षा दिन यो रामलिला आयोजना गरि मर्यादा पुरुषोत्तम श्री रामको जिवनीमा आधरित रहि पाच रात आयोजन हुने यो कार्यक्रम मार्ग ५ गते भब्य मेलाको आयोजन गरि सम्पन्न हुने रामलिला आयोजक समितिले जनाएको छ ।

Posted by Butwalonline on 5:50 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लोक संस्कृति जोगाउन लागी राम लिलाको आयोजना"

Leave a reply