प्रथम बार्षिक उत्सव सम्पन्न, खुल्ला भलिवलको उपाधि हवदीलाई
कात्तिक १९ गते,बुटवल÷ जय अम्बिका युवा क्वल अर्जै ९ फुलबारी गुल्मीले आफ्नो प्रथम बार्षिक उत्सव सम्पन्न गरेको छ । प्रथम बार्षिक उत्सवको अवसरमा क्लवले विविध खेलकुद तथा सा“स्कृतिक कार्यक्रम–२०६९ आयोजना गरेको थियो । तिन दिन सम्म मनाएको उत्सवमा खुल्ला भलिवल प्रतियोगिता, घैटोफोर प्रतियोगिता, खुल्ला महिला १ मिनेट प्रतियोगिता, कुर्ची दौड प्रतियोगिता, मिठाई दौड प्रतियोगिता र सा“स्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
त्यसैगरी खुल्ला भलिवल प्रतियोगितामा स्वच्छ बातावरण शान्त समाज हवदी प्रथम, धुर्कोट रजस्थल युवा क्लव धुर्कोट द्वितिय र द ग्यालेक्सी युवा क्लव इस्मारजस्थल तृतिय भएको छ । त्यस्तै घैटोफोर प्रतियोगितामा रमेश थापा प्रथम, खुल्ला महिला १ मिनेट प्रतियोगितामा राधिका लम्साल प्रथम, कुर्ची दौड प्रतियोगितामा सिता लम्साल प्रथम र मिठाई दौड प्रतियोगितामा गोविन्द अधिकारी प्रथम भएका थिए ।