|

रवि किरण कप टाइब्रेकरमा इभालुसन र बाणगंगा बिजयी


रुद्रपुर कार्तिक १९ । जनआस्था पृथ्वी क्लब रुद्रपुरको आयोजनामा रुद्रपुरमा जारी रवि किरण कप नकआउट फुटबल प्रतियोगिताको आइतबार सम्पन्न दुई छुट्टाछुट्टै खेलमा इभालुसन तामनगर र वाणगंगा कपिलबस्तु टाइब्रेकरमा बिजयी भएका छन् । इभालुसनले बुंची युवा क्लव कपिलबस्तुलाई तथा बाणगंगाले कञ्चन युवा क्लव रुद्रपूरलाई टाइब्रेकरमा समान ४–३ ले हराएका हुन् ।

इभालुसन र बुंची बीचको पहिलो खेल निर्धारित समय एक÷एक को बराबरीमा सकिए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा इभालुसनका लागि योगेश श्रेष्ठले पहिलो हाफको सातौ मिनेटमा तथा बुंचीका लागि अरबिन मल्लले १६ औ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै बँणगंगा र कञ्चन युवा क्लवबीचको दोस्रो खेल निर्धारित समय गोल रहित बराबरीमा सकिएको थियो । प्रतियोगिता अन्र्तगत सोमबारको पहिलो खेल एन्फा एकेडेमी बुटवल र आयोजक जनआस्था युवा क्लव रुद्रपुरकाबीच हुनेछ भने दोस्रो खेल चादनी युवा क्लव गजेडी र फर्साटिकर युवा क्लव फर्साटिकरका बीच हुने बताइएको छ ।

Posted by Butwalonline on 11:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रवि किरण कप टाइब्रेकरमा इभालुसन र बाणगंगा बिजयी"

Leave a reply