रोटरी क्लव अफ बुटवल डाउनटाउनद्वारा मैनबत्ति बनाउने तालिम शुरू
बुटवल, असोज २१ । रोटरी क्लव अफ बुटवल डाउनटाउनले छनौट गरेको पर्रोहा बक्सरडााडास्थित रोटरी सामुदायिक गाउामा सोमबारदेखि मैनबत्ति बनाउने तालिम सञ्चालन गरेको छ ।
क्लवले छनौट गरेको गाउालाई हरेक क्षेत्रलाई समुन्नत बनाउने लक्ष्य अनुसार यस प्रकारको तालिम सञ्चालन गरिएको अध्यक्ष भीमराज श्रेष्ठले बताउनुभयो ।तालिम शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि एजी टेकबहादुर क्षेत्रीले यस प्रकारका व्यवशायिक तालिम प्रभावकारी हुने बताउनुभयो ।
भीमराज श्रेष्ठको अध्यक्षता राजेन्द्र ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष मानबहादुर बिक,कार्यक्रम संयोजक मिना शर्मालगायत बोल्नुभएको थियो ।सो तालिममा स्थानीय तीन दर्जन महिलाको सहभागिता रहेको थियो ।
