|

बुटवल नगरपालिकाको आयोजनामा मुढा बुन्ने र अगरबत्ति बनाउने तालिम संपन्न


बुटवल ,असोज २२-बुटवल नगरपालिकाको आयोजनामा सञ्चालित २ वटा तालिमको आज एक समारोहका बिच समापन गरिएको छ । बुटवल ४ को वडा भवनमा सञ्चालित मुढा बुन्ने र अगरबत्ति बनाउने तालिममा सो वडाका ५८  जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिमको समापनका अबसरमा सहभागिलाई प्रमाणपत्र बितरण गर्दै नगरपालिकाका कार्यकारी प्रमुख खिम बहादुर रायमाझिले सिपलाई ब्यबहारमा लागु गरेर ब्यबसायिक रुपमा अघि बढ्न सहभागिलाई  आग्रह गर्नुभयो । तालिम असोज ११ गते देखि शुरु भएको थियो । सिप सिकौ स्वरोजगार बनौ भन्ने नाराका साथ संचालित तालिम समापनका अबसरमा बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भूवा प्रसाद लुईटेल,सामाजिक शाखा अधिकृत दामोदर ज्ञवाली,प्रशिक्षक धनिकला पुन,शेखर मुखिया लगायतले बोल्नुभएको थियो । तालिमपछि आफूहरुलाई ब्यबसायिक बन्न र काममा लगनशिलता बढाउन सहयोग पुगेको सहभागिहरुले प्रतिक्रिया दिएका छन् ।

Posted by Butwalonline on 4:09 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवल नगरपालिकाको आयोजनामा मुढा बुन्ने र अगरबत्ति बनाउने तालिम संपन्न "

Leave a reply