मुक्तिनाथधाममा एक महिने योग शिबिर शुरु
बुटवल ,असोज २२-स्वस्थ बनौ जीवन धन्य बनाऔं भन्ने मूल नाराका साथ बुटवल १४ को मूक्तिनाथधाममा योग शिबिर तथा स्वास्थ्य परामर्श सेवा शुरु भएको छ । प्रत्येक दिन बिहान ५ देखि ७ बजेसम्म हुने योगी बिष्णु बल्लबानन्द ब्रह्मचारीले योगा गराउनुभएको धामका प्रमुख संरक्षक स्वामि लोकानन्दले जानकारी दिनुभयो । एक महिनासम्म जारि रहने योगामा १ सय बढिको सहभागिता रहेको छ । बर्षका १२ वटै महिनामा बिभिन्न कार्यक्रम हुने धाममा कार्तिक महिनाभर कार्तिक महात्म्य र प्रबचन गरिने तयारी पनि गरिएको छ ।
