|

गुल्मीको सिद्धबाबा उच्च माविमा जिल्लामै पहिलोपटक विद्युतीय पुस्तकालय


गुल्मी,असोज २२ - गुल्मीको सदरमुकाम तम्घासस्थित सिद्धबाबा उच्चमाध्यमिक विद्यालयले जिल्लामै पहिलोपटक विद्युतीय पुस्तकालय सञ्चालन गरेको छ ।

आधुनिक प्रविधिमा विद्यार्थीलाई साक्षात्कार गराउँदै ज्ञान र सीपको विकासका लागि विद्युतीय पुस्तकालयको सुरुआत गरिएका विद्यालयको प्राचार्य डोरविक्रम श्रीसले जानकारी दिनुभयो ।

२५ वर्षअघि चकटी र पाटी बोकेर विद्यार्थीलाई बोलाउँदै पढाइ सुरु गरेको सिद्धबाबा उच्च माविले विश्वकै उत्कृष्ट कक्षा मानिने इ-लाइब्रेरी -विद्युतीय पुस्तकालय) बाट शुक्रबारदेखि शिक्षा दिन थालेको हो । जिल्लामा सरकारी मात्र नभएर निजी विद्यालयमा समेत यस्तो कक्षा सञ्चालन भएको यो पहिलोपटक हो ।

गत वर्ष शिक्षा विभाग काठमाडाँैबाट जिल्लाको नमुना सामुदायिक विद्यालयका रुपमा पुरस्कृत सिद्धबाबा उच्च मावि तम्घास खानीगाउँले विद्यालयमा नयाँ नयाँ प्रयोग गर्दै आएको छ । निजी विद्यालय भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिने लक्ष्य रहेको शिक्षक शिक्षिकाको भनाई छ ।

उक्त लाइब्रेरीबाट विद्याथीले एकैपटक तीन हजार ५ सय भन्दा बढीको पुस्तकको अध्ययन गर्न सक्ने साझा शिक्षा इ-पार्टी ललितपुका प्राविधिक सुमित आचार्यले जानकारी दिनुभयो । अडियो, भिडियो तथा डिजिटल प्रविधिको माध्यमबाट उनीहरुले उत्साहका साथ अध्ययन गर्न सक्ने अर्का प्राविधिक आभास मुल्मीको भनाई छ । रासस
 स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 8:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुल्मीको सिद्धबाबा उच्च माविमा जिल्लामै पहिलोपटक विद्युतीय पुस्तकालय "

Leave a reply