|

तरकारी बोकेको भ्यान पल्टेपछि १६ जना घाइते


गोलबजार (सिरहा), असोज२२ - पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको रामपुरविर्ता २ मा आज बिहान तरकारी बोकेको भ्यान पल्टेपछि १६ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज१च ७५३ नम्बरको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको हो|

दुर्घटनामा घाइते भएकाहरुको पहिचान खुल्न बाँकी रहेको र मिर्चैयास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।दुर्घटनामा घाइते भएका सबै तरकारी व्यापारी छन्। भ्यान अनियन्त्रत भएर दुर्घटना भएको बताइए पनि कसरी दुर्घटना भएको हो भन्ने विषयमा केही खुल्न सकेको छैन। रासस
 स्रोत: नागरिक 

Posted by Butwalonline on 7:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तरकारी बोकेको भ्यान पल्टेपछि १६ जना घाइते "

Leave a reply