|

फिल्म हेर्न आमाले २० रूपया नदिंदा ७ बर्षे बालकले गर्यो आत्महत्या


रुकुम असोज २२ - सिनेमा हेर्नका लागि मागेको २० रुपैयाँ आमाले नदिएपछि रुकुमका एक बालकले आत्महत्या गरेका छन् । रुकुमको आठबीसकोट गाविस वडा नम्बर २ निवासी लालसिंह परियारका सातबर्षका छोरा भूपेन्द्रले चलचित्र हेर्न मागेको पैसा आमाले नदिएपछि आमाकै पछ्यौरीमा पासो लगाएर आत्महत्या गरेका छन् ।

भुपेन्द्रकी आमा कालिकाले भनिन्-’छोराले फिल्म हेर्न भन्दै २० रुपैयाँ माग्यो, मँसग भएको १० रुपैयाँ दिए, मलाई लुगा धुन हतार भएकाले नजिकैको खोलामा लुगा लिएर गए, आउँदा छोराले ज्यानै गुमाएछ,’ आँखाभरि आँसु पार्दै उनले भनिन्-’आफु दिनरात उनीहरुकै लागि भनेर खट्छौ तर मनमा ठूलो चोट दिएर गयो ।’

खलंगामा लुगा सिलाउने काम गर्दै आएका लालसिंहले पनि आफुले कल्पनै नगरेको काम गरेर छोराले मर्माहत बनाएको बताए, उनले भने-’अर्को छोरो सानै छ, ठूला छोरालाई पनि भरसक केही अपुग गराएको थिएन, के बुद्धि आयो र ज्यानै गुमाएछ ।’

शवको शनिबार नै पोष्टमाटम गरी अन्तिम संस्कार सम्पन्न भएको छ । पोष्टमाटम पछि चिकित्सकहरुले यो रुकुमको लागि नौलो घटना भएको बताएका छन् । बाल मनोविज्ञ सिद्दार्थ पनेरुले भने बालकले कुनै फिल्मको पर्दामा झुण्डिएको दृश्य देखेकाले यस्तो अभिनय गरेको बताए । उनले पनि आफ्ना बालबालिकाको भावना अनुसार समयमै सचेतना अपनाएमात्र सुरक्षा दिन सकिने बताए ।
स्रोत :ऑनलाइन खबर 

Posted by Butwalonline on 7:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फिल्म हेर्न आमाले २० रूपया नदिंदा ७ बर्षे बालकले गर्यो आत्महत्या "

Leave a reply