|

प्रेस विज्ञप्ती


                      संयूक्त प्रेस विज्ञप्ती
                                                                                                                  मिति २०६९ असोज ५ 

मुलुकका जिम्मेवार ११ विद्यार्थी संगठनको बैठक नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयमा बस्यो । बैठकले गरेका निर्णयहरुलाई यो विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

क. विभिन्न राजनैतिक दलसग आवद्द  महिला संगठनहरुबाट जारी विद्यार्थी आन्दोलन प्रति ऐक्यबद्वता स्वरुप हामीलाई प्राप्त पत्रको सम्मान गर्दै संयूक्त आन्दोलनमा सक्रियतापूर्वक सहभागि हुन अनुरोध गर्दछौ । साथै १२ गतेको मुल्य बृद्वि विरुद्वको  बृहत प्रर्दशन कार्यक्रममा आम जनसमुदायहरुलाई समेत सहभागि हुन हार्दिक अपिल गर्दछौ ।

ख. खेल जगत मार्फत देशको गरिमा बढाउन  सफल हुनु हुने क्रिकेट खेलाडीहरु र महिला फुटवल खेलाडीहरु प्रति हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरियो ।

महंगी, कालावजारी, लोड्सेडिङ्ग र शैक्षिक अराजकताका विरुद्ध
संघर्षका कार्यक्रमहरु

असोज ७ गते त्रिभुवन विश्वविद्यालयमा ज्ञापन पत्र बुझाउने  ।
असोज ८ गते त्रि.विले शुल्क बृद्वि गरेको विरुद्व देशभरका सम्पुर्ण सरकारी क्याम्पसमा कालो झण्डा गाड्ने ।
असोज ९ विद्युत प्राधिकरणमा धर्ना दिउासो १देखी २ बजे सम्म ।
असोज१० गते काठमाण्डौ उपत्यका लगायत देशभर विभिन्न ठााउमा कोणसभा दिाउसो ३ बजे ।
उपत्यकमा निम्न ठााउहरुमा
» पुतलिसडक चोक— ने.वि.संघ
» असन चोक— अनेरास्वीयु
» वानेश्वर— अखिल (क्रान्तिकारी)
» चावहिल चोक— राप्रविसं
» लगनखेल—क्राविस नेपाल
» सुर्यविनायक— नेक्राविसंघ
» गौसला—अखिल (एकीकृत)
» किर्तिपुर— अखिल (छैठौ)
» मैतिदेवि चोक— अनेरास्वीयू (पाचौ)
» कोटेश्वर— म.वि.फो.नेपाल ।
» चक्रपथ— ने.रा.वि.फे
११ गते जनसहभागिताका लागि माइकिङ्ग तथा प्रचार प्रसार ।
१२ गते संयूक्त विरोध प्रदर्शन देशभरि र काठमाण्डौमा प्रर्दशनी मार्गबाट दिउासो ३ बजे सुरु ।

लेखनाथ पोख्रेल   माधव ढुंगेल   सरद रसाईली      रविन्द्र ज्याख्व
का.वा.अध्यक्षअध्यक्ष    संयोजक   अध्यक्ष  
ने.वि.संघ   अनेरास्ववियु  अखिल(क्रान्तिकारी)  नेक्राविसंघ
घनश्याम न्यौपाने  विनोद आचर्य  प्रेम वलायर    सन्तोष विष्ट
  महासचिव     महासचिव  अध्यक्ष    संयोजक  
अनेरास्ववियु (छैठौं) अनेरास्ववियु (पाचौ)   राप्रविस  क्राविस नेपाल
अर्जुन कार्की दिपक जोशी रमेश यादव
अध्यक्ष महासचिव केन्द्रीय सदस्य 
अखिल (एकीकृत) ने.रा.वि.फे  म.वि.फो.नेपाल

Posted by Butwalonline on 1:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेस विज्ञप्ती"

Leave a reply