|

जिविस रुपन्देहीद्वारा राजनैतिक दलका सदस्यकालागी तीनदिने प्रशिक्षण कार्यक्रम शुरु

बुटवल असोज ५ - ब्यतिगत जीवनमा सकारात्मक सोंचाईको विकास अभिबृद्दि गराउने उदेश्यले जिल्ला विकास समिति रुपन्देहीले राजनैतिक दलका प्रमुख तथा सचिवालयका सदस्यका लागी तीनदिने प्रशिक्षण कार्यक्रम आजबाट मणिगा्रममा शुरु गरेको छ ।प्रशिक्षणमा रुपन्देही जिल्लामा क्रियाशिल विभिन्न २३ राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको छ । बिषेश गरेर जिल्लामा हुने विकास निर्माणका काम देखि लिएर जिल्ला विकास समितिबाट हुने सम्पुर्ण काम कारवाहीमा राजनैतिक दलको प्रत्यक्ष सरोकार रहने हुदा उनीहरुको सोंचाईमा परिवर्तन गराउन आबस्यक रहेकाले प्रशिक्षण कार्यक्रम आयोजना गरीएको जिल्ला बिकास समिती रुपन्देहीले जनाएको छ ।

प्रशिक्षण कार्यक्रमले व्यतिको सकारात्मक सोंचाईले स्वयम उसको जीवनमा फाईदा पुग्ने र यसको साथसाथै घर समाज, राजनितिक दल र सिगों मुलुकमा समेत त्यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले कार्यक्रम आयोजना गरीएको जिल्ला विकास समिति रुपन्देहीका कार्यक्रम संयोजक उपेन्द्र ज्ञवालीले बताउनु भएको छ । तिन दिन सम्म संञ्चालन हुने कार्यक्रममा सुर्य न्यौपानेले प्रशिक्षण दिनु हुने छ ।
 

Posted by Butwalonline on 1:06 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिविस रुपन्देहीद्वारा राजनैतिक दलका सदस्यकालागी तीनदिने प्रशिक्षण कार्यक्रम शुरु"

Leave a reply